• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel mustangtourist happynewyear newyear2026 nepalchamberofcommerce securityconcern privatesector IOC NOC petroliumpriceslashes

विमान दुर्घटनामा परि लिबियाका सेना प्रमुखसहित पाँच उच्च अधिकारीको मृत्यु

  •  नेपाल विकास
  • २०८२ पुष ९, बुधबार १३:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    टर्कीमा भएको विमान दुर्घटनामा परि लिबियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद अली अहमद अल–हद्दाद सहित पाँच जना उच्च सैनिक अधिकारीको मृत्युु भएको छ ।
    टर्कीका गृहमन्त्री अली येरलिकायाका अनुसार फाल्कन ५० प्रकारको व्यावसायिक जेट अङ्काराको एसिनबोगा विमानस्थलबाट स्थानीय समय अनुसार साँझ ८ः१० बजे त्रिपोलीका लागि उडेको थियो । तर केही मिनेटमै पाइलटले हायमाना क्षेत्र नजिक आपतकालीन अवतरणको अनुरोध गरेको र साँझ ८ः५२ बजेपछि सम्पर्क टुटेको जनाइएको छ ।
    लिबियाका प्रधानमन्त्री अब्दुल हमिद द्बेइबाहले यो घटनालाई राष्ट्रका लागि “ठूलो क्षति” भएको बताउनुभएको छ ।
    टर्कीका सुरक्षाकर्मीहरूले विमानको भग्नावशेष हायमाना जिल्लाको केसिककावाक गाउँ नजिक फेला पारेका थिए । प्रारम्भिक अनुसन्धानले विद्युतीय खराबीलाई दुर्घटनाको सम्भावित कारण बताएको छ, तर तोडफोड वा आक्रमणको सम्भावना नरहेको अधिकारीहरूले स्पष्ट गरेका छन् ।
    दुर्घटनामा निधन हुने अन्य लिबियाली अधिकारीहरूमा
    स्थल सेनाका प्रमुख मेजर जनरल अल–फितौरी घ्रिबेल,
    सैनिक उत्पादन प्राधिकरणका निर्देशक ब्रिगेडियर जनरल महमुद अल–कताउइ,

    सेना प्रमुखका सल्लाहकार मोहम्मद अल–असावी दियाब, र
    मिडिया कार्यालयका फोटोग्राफर मोहम्मद ओमार अहमद महजुब रहेका छन् ।
    विमानमा रहेका तीन चालक दलका सदस्य समेतको निधन भएको अनुमान गरिएको छ ।
    सेना प्रमुख अल–हद्दाद हालै टर्कीको उच्चस्तरीय सैनिक भ्रमणमा जानुभएको थियो । मङ्गलबार उहाँले टर्कीका रक्षा मन्त्री यासार गुलेर र सेना प्रमुख सेल्चुक बायराक्तारोग्लुसँग भेट गर्नुभएको थियो । भ्रमणको उद्देश्य दुबै देशबीचको सैनिक तथा सुरक्षा सहकार्य सुदृढ गर्नु रहेको थियो ।
    प्रधानमन्त्री द्बेइबाहले घटनाको पूर्ण छानबिनका लागि प्रतिनिधिमण्डल टर्की पठाउने र तीन दिनको राष्ट्रिय शोक घोषणा गर्ने घोषणा गर्नुभएको छ । सन् २०२० देखि सेना प्रमुखको रूपमा कार्यरत अल–हद्दाद लिबियाको स्थिरता र पुनर्निर्माणमा महत्वपूर्ण भूमिकामा रहनुभएको मानिन्छ ।

    Post Views: 93

    प्रकाशित मिति: २०८२ पुष ९, बुधबार १३:००
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हुवावेद्वारा नेपालमा हुवावे ब्याण्ड ११ सिरिज सार्वजनकि
    अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो
    रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
    ताजा अपडेट
    • १. हुवावेद्वारा नेपालमा हुवावे ब्याण्ड ११ सिरिज सार्वजनकि

    • २. अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो

    • ३. रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

    • ४. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ५. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    चर्चित
    • १. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • २. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ३. प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

    • ४. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    • ५. अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email : nepalics.com@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2026 Nepalics . All Rights Reserved.