• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel mustangtourist happynewyear newyear2026 nepalchamberofcommerce securityconcern privatesector IOC NOC petroliumpriceslashes

खाडी क्षेत्रमा इरानको आक्रमण पछि तेलको मुल्य आकासियो

  •  Nepalics
  • २०८२ फाल्गुन २८, बिहीबार १४:४३ प्रकाशित
    People fire live rounds into the air as a warning following Israeli airstrikes in Dahiyeh, Beirut's southern suburbs, Lebanon, Wednesday, March 11, 2026. (AP Photo/Bilal Hussein)
    • अ-
    • अ
    • अ+

    इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरुलाई लक्षित गर्दै नयाँ ड्रोन तथा क्षेप्यास्त्र आक्रमण सुरु गरेपछि विश्व ऊर्जा बजारमा थप अस्थिरता देखिएको छ । इरानले विहिबार मात्रै इन्धन बोकेका २ वटा ट्याङ्करमा आक्रमण गरेको केही घण्टामै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिएको छ । अन्तराष्ट्रिय बजारमा तेलको मुल्य प्रतिब्यारेल १ सय डलर नाघेको छ ।
    तेहरानले खाडी क्षेत्रका छिमेकी देशहरु तथा इजरायलतर्फ आक्रमण बढाएपछि क्षेत्रीय तनाव झनै चर्किएको छ । इरानले यो युद्ध लामो समयसम्म चल्न सक्ने चेतावनी दिँदै त्यसले विश्व अर्थतन्त्रलाई ‘ध्वस्त पार्न सक्ने’ दाबी गरेको छ ।
    यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अन्ततः पराजयको दिशामा पुगेको दाबी गर्नुभएको छ । यद्यपि उहाँले युद्ध तत्काल समाप्त नहुने चेतावनी पनि दिनुभयो । अमेरिकाले इरानको पूर्वाधारमा आक्रमण गर्न सक्ने सङ्केत दिँदै त्यसको पुनर्निर्माण गर्न एक पुस्ता लाग्न सक्ने उहाँले बताउनुभयो ।
    अमेरिका र इजरायलले सुरु गरेको यो युद्ध विस्तार हुँदै जाँदा क्षेत्रका विभिन्न देशहरु प्रभावित भएका छन् । लेबनानमा इजरायली आक्रमण तीव्र बनेको छ । अधिकारीहरूका अनुसार लेबनानमा हालसम्म ६ सय ३० भन्दा बढी मानिसको मृत्यु भएको छ भने आठ लाखभन्दा बढी नागरिक विस्थापित भएका छन् ।
    खाडी क्षेत्रमा पनि सुरक्षा अवस्था तनावपूर्ण बनेको छ । इरानी आक्रमणपछि बहराइनले बासिन्दाहरूलाई घरभित्रै बस्न र झ्याल बन्द राख्न आग्रह गरेको छ । साउदी अरेबियाले सायबाह तेल क्षेत्रतर्फ गइरहेका ड्रोनहरू रोकिएको जनाएको छ । ओमानको सलालाह बन्दरगाहस्थित इन्धन ट्याङ्कीमा ड्रोन प्रहार भएपछि त्यहाँका केही सञ्चालन अस्थायी रूपमा रोकिएका छन् ।
    होर्मुज जलडमरूमध्य आसपासका समुद्री मार्गहरू पनि प्रभावित भएका छन् । संयुक्त अरब इमिरेट्स नजिकै एउटा कन्टेनर जहाजलाई अज्ञात प्रक्षेप्यले प्रहार गर्दा सानो आगलागी भएको बेलायती समुद्री सुरक्षा एजेन्सीले जनाएको छ । सबै चालकदल सुरक्षित रहेका छन् ।
    यसअघि इराक नजिक दुई तेल ट्याङ्करमा आक्रमण हुँदा कम्तीमा एक चालक दल सदस्यको मृत्यु भएको र ३८ जनालाई उद्धार गरिएको अधिकारीहरूले बताएका छन् । केही सदस्य अझै बेपत्ता रहेको खोजी जारी छ ।
    विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति हुने होर्मुज जलडमरूमध्य अहिले युद्धको तनावका कारण प्रभावकारी रूपमा अवरुद्ध हुने जोखिममा पुगेको विश्लेषकहरूले बताएका छन् । इरानले पनि खाडीबाट एक थोपा तेल निर्यात हुन नदिने चेतावनी दिएको छ ।
    पछिल्लो केही दिनमा मात्रै जहाजहरू संलग्न कम्तीमा चार घटना रिपोर्ट भएका छन् । एउटा थाई बल्क क्यारियरमा प्रहार हुँदा चालक दलका तीन सदस्य बेपत्ता भएको यातायात कम्पनी प्रिसियस सिपिङले जनाएको छ ।
    खाडीका अन्य स्थानमा पनि ड्रोन र क्षेप्यास्त्रको खतरा बढेको छ । कुवेतमा आवासीय भवनमा लागेको ड्रोनका कारण दुई जना घाइते भएका छन् भने युएईले पनि क्षेप्यास्त्र खतराको जवाफ दिइरहेको जनाएको छ ।
    यसैबिच इरानको रिभोलुसनरी गाड्र्सले अमेरिका र इजरायलसँग सम्बन्धित आर्थिक केन्द्र तथा बैंकहरूलाई समेत निशाना बनाउन सक्ने चेतावनी दिएको छ । त्यसपछि केही अन्तर्राष्ट्रिय कम्पनीहरूले दुबईबाट आफ्ना कर्मचारीहरू हटाउन थालेका छन् ।
    अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले बजार स्थिर पार्न सदस्य राष्ट्रहरूलाई रणनीतिक भण्डारबाट तेल निकाल्न अनुमति दिएको छ । यसअन्तर्गत ४० करोड ब्यारेल तेल बजारमा पठाउने सहमति भएको छ, जसमा १७ करोड २० लाख ब्यारेल अमेरिकाबाट आउनेछ । तर यो कदमले पनि लामो द्वन्द्वको डर कम गर्न सकेको छैन । विश्लेषकहरूले प्रतिब्यारेल ९० देखि १०० डलरको मूल्य केही समयसम्म नयाँ सामान्य बन्न सक्ने बताएका छन् ।
    युद्धको मानवीय असर पनि तीव्र बन्दै गएको छ । बेरुतमा इजरायली हवाई आक्रमणका कारण आवासीय भवनहरू क्षतिग्रस्त भएका छन् । स्थानीय बासिन्दाहरूले डरले रातभर खुला ठाउँमा बस्न बाध्य भएको बताएका छन् ।
    एक स्थानीय बेकरी सञ्चालकले आक्रमणको क्षण सम्झँदै भने, “पहिलो विस्फोट हुँदा म कोठाबाट कोठामा दौडेर परिवारलाई बाहिर निकाल्दै पर्खाल पछाडि लुकाएँ, त्यसपछि दोस्रो आक्रमण भयो ।”
    इजरायली सेनाले लेबनानभरि हिजबुल्लाहसँग सम्बन्धित पूर्वाधारलाई लक्षित गरी व्यापक कारबाही जारी राखेको जनाएको छ । साथै इरानबाट इजरायलतर्फ नयाँ क्षेप्यास्त्र प्रहार भएको पनि पत्ता लागेको बताइएको छ ।
    इरानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च ८ सम्म युद्धमा एक हजार २०० भन्दा बढी मानिस मारिएका छन् । इजरायलमा १४ जनाको मृत्यु भएको छ भने खाडी क्षेत्रमा भएका आक्रमणमा ११ नागरिक र सात अमेरिकी सैनिकसहित २४ जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
    न्युयोर्क टाइम्सका अनुसार यो युद्धले अमेरिकालाई मात्रै हालसम्म ११ अर्ब ३० करोड डलरभन्दा बढी खर्च गराइसकेको छ ।

    Post Views: 17

    प्रकाशित मिति: २०८२ फाल्गुन २८, बिहीबार १४:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हुवावेद्वारा नेपालमा हुवावे ब्याण्ड ११ सिरिज सार्वजनकि
    अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो
    रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
    ताजा अपडेट
    • १. हुवावेद्वारा नेपालमा हुवावे ब्याण्ड ११ सिरिज सार्वजनकि

    • २. अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो

    • ३. रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

    • ४. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ५. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    चर्चित
    • १. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • २. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ३. प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

    • ४. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    • ५. अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email : nepalics.com@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2026 Nepalics . All Rights Reserved.