• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel mustangtourist happynewyear newyear2026 nepalchamberofcommerce securityconcern privatesector IOC NOC petroliumpriceslashes

पशु क्षति भएका कृषकलाई रु १० लाख राहत

  •  Nepalics
  • २०८२ फाल्गुन २९, शुक्रबार ११:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    तनहुँको आँबुखैरेनी गाउँपालिकाले पशु बिमा कार्यक्रमअन्तर्गत कृषकलाई राहत वितरणलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा १३ जना कृषकलाई पशु क्षतिबापत रु तीन लाख १३ हजार ५०० वितरण गरेको छ । यस्तै अघिल्लो आवमा गाउँपालिकाले रु सात लाख १२ हजार ५०० राहत वितरण गरेको थियो । यस वर्ष वितरण गरिएको राहत रकम भैँसी, गाई, गोरु तथा बाख्रामा भएको क्षतिका आधारमा प्रदान गरिएको गाउँपालिकाका पशु चिकित्सक डा सन्तोष देवकोटाले जानकारी दिनुभयो ।

    वडा नं ३ का शान्ता मिश्रलाई भैँसी क्षतिबापत रु ८१ हजार, वडा नं ५ का गणेशबहादुर मगरलाई बाख्रा क्षतिबापत रु १४ हजार २५०, वडा नं ५ छिम्केश्वरी लाब्दी बाख्रा फार्मलाई बाख्रा क्षतिबापत रु २८ हजार ५००, वडा नं ४ मिनबहादुर गुरुङलाई बाख्रा क्षतिबापत रु २८ हजार ५००, वडा नं ५ सुदीप गुरुङलाई बाख्रा क्षतिबापत रु १४ हजार २५०, वडा नं ५ मानबहादुर गुरुङलाई बाख्रा क्षतिबापत रु १४ हजार २५० राहत वितरण गरिएको उहाँले बताउनुभयो । वडा नं ५ वीरबहादुर कामीलाई गोरु क्षतिबापत रु १८ हजार, वडा नं ६ झिमेल भुजेललाई गाई क्षतिबापत रु ३६ हजार, वडा नं ६ मनबहादुर भुजेललाई बाख्रा क्षतिबापत रु १४ हजार २५०, जुनबहादुर गुरुङलाई बाख्रा क्षतिबापत रु १४ हजार २५०, धनबहादुर गुरुङलाई गोरु क्षतिबापत रु १८ हजार, निमबहादुर भुजेललाई गोरु क्षतिबापत रु १८ हजार र जुनबहादुर गुरुङलाई बाख्रा क्षतिबापत रु १४ हजार २५० राहत वितरण गरिएको छ ।

    पशु बिमा कार्यक्रमअन्तर्गत प्रिमियम शुल्कको ८० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्दै आएको छ भने कृषकले तिर्नुपर्ने २० प्रतिशत रकम गाउँपालिकाले नै व्यवस्थापन गर्ने भएकाले कार्यक्रम शतप्रतिशत निःशुल्क रूपमा सञ्चालन भइरहेको छ । गाउँपालिकाले पशुपालनलाई आम्दानीको मुख्य स्रोत बनाएका कृषकलाई समयमै पशु बिमा गराउन तथा आकस्मिक क्षतिबाट राहत लिन कार्यक्रमको लाभ लिन अनुरोध गरेको छ । अघिल्लो आवमा गाउँपालिकाले रु सात लाख १२ हजार ५०० राहत वितरण गरेको थियो । देवकोटाका अनुसार वडा नं ४ का १८ कृषकलाई रु दुई लाख ९६ हजार सात सय, वडा नं ५ का सात जना कृषकलाई रु एक लाख ५० हजार तीन सय, वडा नं ६ का १७ जना कृषकलाई रु दुई लाख ६५ हजार ५०० राहत वितरण गरिएको थियो ।

    Post Views: 19

    प्रकाशित मिति: २०८२ फाल्गुन २९, शुक्रबार ११:०९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हुवावेद्वारा नेपालमा हुवावे ब्याण्ड ११ सिरिज सार्वजनकि
    अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो
    रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
    ताजा अपडेट
    • १. हुवावेद्वारा नेपालमा हुवावे ब्याण्ड ११ सिरिज सार्वजनकि

    • २. अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो

    • ३. रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

    • ४. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ५. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    चर्चित
    • १. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • २. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ३. प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

    • ४. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    • ५. अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email : nepalics.com@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2026 Nepalics . All Rights Reserved.