• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel mustangtourist happynewyear newyear2026 nepalchamberofcommerce securityconcern privatesector IOC NOC petroliumpriceslashes

तेस्रो `रेडपाण्डा महोत्सव´ सुरु

  •  Nepalics
  • २०८२ चैत्र २०, शुक्रबार १८:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    इलाम।इलामको सन्दकपुरमा तेस्रो `रेडपाण्डा महोत्सव´ सुरु भएको छ।

    इलामको सन्दकपुर गाउँपालिका-४ काल पोखरीमा कोशी प्रदेशका पर्यटन मन्त्री भीम पराजुलीले तेस्रो `रेडपाण्डा महोत्सव´को उद्घाटन गरेका हुन्। सन्दकपुर गाउँपालिकाको आयोजनामा सुरु महोत्सव चैत २० गतेदेखि २३ गतेसम्म आयोजना हुनेछ।

    दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्ने तथा स्थानीय पर्यापर्यटनलाई जोड्ने उद्देश्य सहित महोत्सव आयोजना गरिएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले जानकारी दिए।

    आयोजक समितिका संयोजक तथा सन्दकपुर-२ का वडा अध्यक्ष सनम राईले २०८० सालदेखि रेडपाण्डा महोत्सव आयोजना गरिएको बताए। उनले रेड पाण्डाको संरक्षण गर्दै सरकारले बनाएको ४३ किलोमिटर लामो पदमार्गमा पर्यटकको सङ्ख्या बढाउँदै विश्वमा लोप हुन लागेको अवस्थामा रहेको रेड पाण्डालाई संरक्षण गरिएको छ भन्ने देखाउन महोत्सव महत्त्वपूर्ण हुँदै आएको स्पष्ट पारे।

    नेपाल, भारत, भुटान, म्यानमार र चीनमा मात्र पाइने रेड पान्डा विश्वमा नै दुर्लभ वन्यजन्तु मानिन्छ। महोत्सव मार्फत विदेश पर्यटकलाई आकर्षण गर्ने लक्ष्य छ।

    `पछिल्ला केही वर्षयता तेस्रो मुलुकका पर्यटकहरू पनि इलाममा रेडपाण्डा हेर्नका लागि आउन थालेका छन्, काल पोखरीलाई केन्द्रबिन्दु बनाएर पदमार्गमा पर्यटकलाई घुमाउने र अन्तर्राष्ट्रिय पर्यटकलाई ल्याउने गरेर समन्वय गरेका छौँ।´ राईले भने।

    गत वर्ष भारतीय सहित अन्य केही मुलुकका गरी ७ हजार पर्यटकले सन्दकपुरको भ्रमण गरेको राईको भनाइ छ।

    महोत्सव आयोजक समितिका सदस्य केशव कुमार घौरारीले महोत्सवमार्फत पर्यटकीय सम्भावनाको उजागर गर्ने उद्देश्य लिइएको बताए।

    आयोजकले महोत्सवमार्फत स्थानीय समुदायलाई रेडपाण्डा संरक्षणप्रति सचेत गराउनुका साथै हिमाली पदमार्गमा आधारित पर्यटनलाई प्रवर्द्धन गर्ने लक्ष्यसमेत लिएको छ।

    इलामको सन्दकपुर गाउँपालिकाको माबु दोबाटे, जौवारी, हाागेथाम, जमुनाको चोयाटार, टप्पु, माईजोगमाईको प्याङ पातल सामुदायिक वन, जोगमाईको माथिल्लो सामुदायिक वन लगायतमा रेडपाण्डा पाइन्छ।

    यसअघि २०८० र २०८१ मा दुई संस्करण सफलतापूर्वक महोत्सव सम्पन्न भइसकेको छ। रेडपाण्डा महोत्सवमा ४३ किलोमिटर लामो पदमार्ग जोडिएको छ। जसले माईपोखरीदेखि ढाप पोखरी हुँदै जौबारीसम्म जोड्छ। उक्त पदमार्गमा विभिन्न दुर्लभ वन्यजन्तु, मुनालसहितका सयौँ प्रजातिका चराचुरुङ्गी तथा समृद्ध जैविक विविधताको अध्ययन गर्न सकिन्छ।

    करिब ११ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको यस पदमार्ग क्षेत्रमा १५ भन्दा बढी पर्यटकीय गन्तव्यहरू समावेश गरिएको छ।

    महोत्सवमार्फत ती गन्तव्यहरूको प्रचार–प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। विशेष गरी छिमेकी पश्चिम बङ्गाल बाट भारतीय पर्यटक आकर्षित गर्ने योजना समेत रहेको छ।

    सन्दकपुर क्षेत्र पूर्वी पहाडी भूभागमा रेडपाण्डा अवलोकनका लागि प्रसिद्ध गन्तव्य मानिन्छ, जहाँ विश्वभरबाट पर्यटक पुग्ने गरेका छन्। महोत्सव अवधिभर आगन्तुकहरूले आदिवासी जनजातिको संस्कृति, सिमसार क्षेत्र, प्राकृतिक सौन्दर्य तथा सगरमाथा सहित ६० भन्दा बढी हिमशृङ्खलाको दृश्य अवलोकन गर्न सक्नेछन्।

    सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले रेडपाण्डा संरक्षणसँग जोडिएको महोत्सवले सन्दकपुर क्षेत्रमा पर्यापर्यटनको विकास गर्दै स्थानीय पर्यटन व्यवसायलाई थप टेवा पुग्ने अपेक्षा गरिएको बताए।

    लिम्बुका अनुसार महोत्सव कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश पर्यटन कार्यालय झापा, केचना–कञ्चनजङ्घा पर्यटन विकास समिति तथा रेड पाण्डा नेटवर्क लगायत संस्थाहरूले प्रवर्द्धन गरेका छन्।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा इलामको पर्यटनलाई चिनाउँदै आएका पत्रकार युवराज गौतमले विश्व समुदायलाई नै इलाममा रेडपाण्डा पाइन्छ भन्ने सन्देश दिन महोत्सव आयोजना गरिएको बताए।

    महोत्सवका आकर्षणका रूपमा हरेक दिन स्थानीय पथप्रदर्शकको सहयोगमा पदयात्रा समेत आयोजना हुनेछ। यस्तै स्थानीय उत्पादनको स्वाद चाख्दै पर्यटकले आनन्द लिन सक्नेछन्।

    Post Views: 17

    प्रकाशित मिति: २०८२ चैत्र २०, शुक्रबार १८:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हुवावेद्वारा नेपालमा हुवावे ब्याण्ड ११ सिरिज सार्वजनकि
    अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो
    रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
    ताजा अपडेट
    • १. हुवावेद्वारा नेपालमा हुवावे ब्याण्ड ११ सिरिज सार्वजनकि

    • २. अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो

    • ३. रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

    • ४. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ५. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    चर्चित
    • १. डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    • २. रोबोटले तोड्यो मानव कीर्तिमान

    • ३. प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

    • ४. टाइटनिक जहाज दुर्घटनामा बचेकी महिलाको लाईफ ज्याकेट करोडौंमा बिक्री

    • ५. अमेरिकाको लुइसियानामा घरेलु हिंसामा आठ बालकको ज्यान गयो

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email : nepalics.com@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2026 Nepalics . All Rights Reserved.