• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel NepalMedia PressFreedomNepal IndependentMedia DemocracyAndMedia west bengal jogbani naka VoiceOfPeople

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

Nepalics
२०८३ भाद्र १४, आईतवार ०९:५३
Advertisement

जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै राहत सामग्री वितरण गरेको छ । समितिमा प्राप्त राहत सामग्री एकीकृत रुपमा सङ्कलन गरी आवश्यकताका आधारमा वितरण गरिएको हो । नुवाकोटमा १३ वटा होल्डिङ सेन्टर स्थापना छन् । ती होल्डिङ सेन्टरहरू विदुर नगरपालिकामा नौ वटा, किस्पाङ गाउँपालिकामा दुई वटा, सूर्यगढी गाउँपालिका र बेलकोटगढी नपामा एक–एक वटा छन् । “बाढीप्रभावितलाई दाता तथा इच्छुकले दिन चाहेका राहत सामग्री एकद्वार प्रणालीअन्तर्गत जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सङ्कलन गरिरहेका छौँ”, समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले भन्नुभयो, “त्यसैअनुसार आवश्यकताका आधारमा ती सामग्री हामीले होल्डिङ सेन्टरमा पठाइरहेका छौँ ।”

सङ्कलित सामग्री गाडी नपुग्ने स्थानमा हेलिकप्टरमार्फत पठाइएको उहाँले जानकारी दिनुभयो । बाढीपीडितलाई होल्डिङ सेन्टर सञ्चालन गरी खाना तथा बासको व्यवस्था मिलाउने कार्यमा स्थानीय तहले सहजीकरण गरिरहेको छ । “प्रत्येक होल्डिङ सेन्टरमा हामीले स्वास्थ्य जाँच र पारिवारिक पुनर्मिलनको व्यवस्था मिलाएका छौँ”, विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले भन्नुभयो, “बाढीबाट पुगेको जनधन क्षतिका विवरण सङ्कलनसँगै प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरेर काम गरिरहेका छौँ ।”

राहत सामग्री सङ्कलन तथा वितरणलाई एकद्वार प्रणाली बनाउने भनिए पनि केही दाता तथा व्यक्तिले सहज पहुँच भएका होल्डिङ सेन्टरमा पुगेर आफैँ राहत सामग्री उपलब्ध गराएका छन् । जसका कारण समानुपातिक रुपमा सबै होल्डिङ सेन्टरमा राहत सामग्री पुग्न सकेको छैन । दाताहरू सिधै होल्डिङ सेन्टरमा आएर राहत सामग्री दिन थालेपछि अन्य स्थानमा पनि लैजान अनुरोध गरेको विदुर नगरपालिका–५ का वडाध्यक्ष लीलानाथ न्यौपानेले बताउनुभयो । “यहाँ तत्कालका लागि पर्याप्त राहत सामग्री उपलब्ध भइसकेको छ”, उहाँले भन्नुभयो, “यहाँ मात्र नभई अन्यत्र पनि राहत सामग्री लैजान हामीले अनुरोध गरेका छौँ ।”

राहत सामग्रीमा धेरैजसो चामल, दाल, चाउचाउ, बिस्कुटजस्ता खाद्य सामग्री प्राप्त भइरहेको छ । खाद्य सामग्रीको तुलनामा लत्ताकपडा कम प्राप्त भइरहेको विपद् व्यवस्थापन समितिले जनाएको छ । नुवाकोटको सबैभन्दा बाढीप्रभावित बस्तीहरूमा विदुर नगरपालिकाको बेत्रावती, त्रिशूली, ढुङ्गे, सिमचौर, देवीघाट छन् । त्यसैगरी किस्पाङ गाउँपालिकाको शान्तिबजार, नयाँ पुल, मैलुङ क्षेत्रका बस्ती प्रभावित हुँदा अधिकांशले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् ।

बेलकोटगढी नगरपालिकाको सबैभन्दा बढी प्रभावित बस्तीमा ठूलो खोला, बुधसिहघाट, रातमाटे, कोलचौर, केउरेनी, कोल्पुटार छन् । सूर्यगढी गाउँपालिकाको कार्यालयमा सञ्चालन गरिएको होल्डिङ सेन्टरमा भने रसुवा र नुवाकोटका विभिन्न स्थानबाट बाढीबाट ज्यान जोगाइ सुरक्षित स्थान खोजी गर्दै आइपुग्नेलाई आश्रय दिइएको छ ।

नदी पारिका क्षेत्रमा राहत वितरणमा कठिनाइ सदरमुकाम विदुरतर्फका क्षेत्रमा राहत सामग्री वितरण सहज भए पनि नदी पारिका क्षेत्रमा वितरणमा कठिनाइ भएको छ । केही संस्थाले ‘ड्रोन’मार्फत राहत सामग्री होल्डिङ सेन्टरसम्म पु¥याउने काम गरिरहेको छ । बाढीबाट प्रभावित नदी पारीका बस्तीहरू विदुर नगरपालिकाको वडा नं १, ३, ६, ७, ९ र १२ मा पर्छन् । वडा नं १ को त्रिशूली बजार, ३ को खड्गभञ्ज्याङका विभिन्न बस्ती, ६ को चैनपुर आसपास, ७ को तुप्चेका बस्तीहरू, ९ को सिलट्याङ्कीक्षेत्र र १२ को चारघरेका विभिन्न स्थान छन् ।

सदरमुकामदेखि त्रिशूली नदी पारी सात वटा होल्डिङ सेन्टर स्थापना गरिएका छन् । तर तादी र कोल्पुखोलाको पुल बगाएसँगै बेलकोटगढी–७ महादेव माध्यमिक विद्यालयमा सञ्चालित होल्डिङ सेन्टरसम्म राहत सामग्री पु¥याउन पनि हेलिकप्टर नै प्रयोग गर्नुपर्ने अवस्था छ । शनिबार जिल्ला समन्वय समितिद्वारा आयोजित सर्वपक्षीय छलफलमा स्थानीयले सङ्घीय सरकारलाई नदी पारीका क्षेत्रमा राहत सामग्री वितरणलाई प्राथमिकता दिन आग्रह गरेका थिए । यी क्षेत्रमा वारिका पारि र पारिका वारि विद्यालय भएका बालबालिका विद्यालय जाने क्रममा बाढी आएसँगै पुल बगाएपछि चारदिनदेखि घरपरिवारसँग पुनर्मिलन हुन नसक्दा समस्या भएको अभिभावकले गुनासो गरेका छन् ।

बाढीप्रभावितलाई केन्द्रित गरी होल्डिङ सेन्टरमा स्वास्थ्य सेवासमेत उपलब्ध गराइएको छ । हाल त्रिशूली अस्पतालसँग यातायात सुविधा विच्छेद भएको अवस्थामा पीडितहरूको शारीरिक तथा मानसिक दुवै अवस्थालाई ख्याल गरी स्वास्थ्य सेवा उपलब्ध गराइएको हो । नुवाकोटमा हालसम्म मृत्यु तथा बेपत्ताको यकिन तथ्याङ्क सङ्कलन भइसकेको छैन ।

जिल्लाका सरोकार भएकाहरूसँग शनिबार पहिचान नभएका शव व्यवस्थापनसम्बन्धी बैठक बसेको थियो । सो बैठकमा प्रजिअ रेग्मीले करिब तीन सय हाराहारीमा शव व्यवस्थापनको आवश्यक पर्न सक्ने बताउनुभएको थियो । जिल्लामा शनिबारसम्म ८२१ जना बाढीमा परी बेपत्ता भएको निवेदन प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बिपीन रेग्मीले जानकारी दिनुभयो । यसैबीच, आज बिहान पनि पुनः त्रिशूलीमा जल सतह बढेकाले नदी किनारमा रहेका शव व्यवस्थापनमा चुनौती भएको छ ।

Post Views: 9

प्रकाशित: २०८३ भाद्र १४, आईतवार ०९:५३
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह
प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु
ताजा अपडेट
  • १. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • २. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ३. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • ४. सुन र चाँदीको मूल्यमा गिरावट

  • ५. रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. भोटेकोशी बाढीप्रभावित क्षेत्रमा वर्षा बढ्ने, उद्धारमा चुनौती

  • ३. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ४. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ५. चट्टान र हिमनदी भासिँदा आयो विनाशकारी बाढी : डा. धनञ्जय रेग्मी

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.