• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel NepalMedia PressFreedomNepal IndependentMedia DemocracyAndMedia west bengal jogbani naka VoiceOfPeople

पर्सा राष्ट्रिय निकुञ्जमा ‘बाघ मित्र’ अभियान

Nepalics
२०८३ श्रावण २७, बुधबार १०:०३
Advertisement

बाघको सङ्ख्या बढेसँगै पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’ अभियानलाई सञ्चालन गर्ने तयारी गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जमा पाठे बाघको सङ्ख्या ७१ पुगेको छ । निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाका अनुसार निकुञ्जमा यसअघि ४१ बाघ रहेकामा हालै गरिएको बाघ गणनाका क्रममा बाघको सङ्ख्या एकैपटक ३० वटा बढेको हो ।

निकुञ्जमा बाघको सङ्ख्या बढेपछि वन्यजन्तुप्रतिको नागरिकको सोच र आनीबानीमा परिवर्तन ल्याई मानव–बाघबीच सहअस्तित्व प्रवर्द्धन गर्ने तथा वन्यजन्तुहरूबाट हुने मानवीय क्षतिलाई शून्यमा झार्ने लक्ष्यसहित निकुञ्जले ‘बाघ मित्र’अभियानलाई विस्तार गर्ने तयारी गरिएको प्रमुख खतिवडाले बताउनुभयो । निकुञ्जसँग जोडिएको पर्सा, बारा र मकवानपुर जिल्लाका डिभिजन वन कार्यालयको समन्वयमा समुदायस्तरमा अभियान सञ्चालन गरिएको निकुञ्ज प्रमुख खतिवडाको भनाइ छ ।

उहाँका अनुसार अभियानअन्तर्गत समुदायको अग्रसरतामा वन्यजन्तुको महत्वबारे जनचेतना जगाउने, वन्यजन्तुबाट कसरी बच्ने, समस्या पर्दा कसरी समाधान गर्ने, राहत प्राप्त गर्ने विधिबारे अन्तक्र्रिया तथा छलफल कार्यक्रम सञ्चालन भइरहेको छ । “कहिलेकाहीँ आहारको खोजीमा बाघ जङ्गलबाट निस्किन्छ, बाघलाई देख्नेबित्तिकै मान्छेमा नकारात्मक सोच आइहाल्छ”, प्रमुख खतिवडाले भन्नुभयो, “त्यसैले बाघप्रति समुदायमा सकारात्मक सन्देश दिने र बाघबाट जोगिने विधिबारे सचेतना जगाउन अभियान चलाएका छौँ ।”

बाघ हाम्रो शत्रु होइन, उसको पनि अस्तित्व हुन्छ, त्यही भएर बाघलाई देखाएर पर्यापर्यटन प्रवर्द्धन गर्न सकिन्छ भने सकारात्मक कुरा फैलाउन अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ । जङ्गलमा डढेलो लगाउने, चोरी तस्करी गर्नेलगायतका नागरिकको आनीबानीका कारण वन्यजन्तुहरू जङ्गल बाहिर निस्किँदा मानव–वन्यजन्तुबीच द्वन्द्व हुने गरेको उहाँले बताउनुभयो ।

Post Views: 35

प्रकाशित: २०८३ श्रावण २७, बुधबार १०:०३
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह
प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु
ताजा अपडेट
  • १. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • २. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ३. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • ४. सुन र चाँदीको मूल्यमा गिरावट

  • ५. रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. भोटेकोशी बाढीप्रभावित क्षेत्रमा वर्षा बढ्ने, उद्धारमा चुनौती

  • ३. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ४. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ५. चट्टान र हिमनदी भासिँदा आयो विनाशकारी बाढी : डा. धनञ्जय रेग्मी

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.