• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel NepalMedia PressFreedomNepal IndependentMedia DemocracyAndMedia west bengal jogbani naka VoiceOfPeople

अमेरिका–भेनेजुएला तेल सम्झौताको विस्तृत विवरण सार्वजनिक

Nepalics
२०८३ भाद्र १६, मंगलवार १४:४३
Advertisement

अमेरिकी सरकारले भेनेजुएलासँग भएको तेलसम्बन्धी सम्झौताको विस्तृत विवरण सार्वजनिक गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको घोषणा गरेपछि ह्वाइट हाउसले सोमबार तथ्यपत्रमार्फत सम्झौताका प्रमुख प्रावधानहरू सार्वजनिक गर्नुभएको हो।

सम्झौताअनुसार भेनेजुएलाका अन्तरिम अधिकारीहरूले उत्तर अमेरिकी निजी ऊर्जा कम्पनीलाई १७ वटा तेल क्षेत्रमा १०० वर्षका लागि उत्खनन तथा सञ्चालनको अधिकार प्रदान गरेका छन्। ती क्षेत्रमा करिब ६५ अर्ब ब्यारेल प्रमाणित तेल भण्डार रहेको उल्लेख गरिएको छ।

सम्झौताको प्रावधानअनुसार उक्त कम्पनीले आफ्नो मूल कम्पनीमा अमेरिकी युद्ध विभागअन्तर्गतको रणनीतिक पुँजी कार्यालयलाई ३५ प्रतिशत स्वामित्व हिस्सा प्रदान गरेको छ।

त्यस्तै, हाल सञ्चालनमा रहेका तथा भविष्यमा सञ्चालनमा आउने सबै तेल क्षेत्रबाट उत्पादित तेलमध्ये २० प्रतिशत उत्पादन लागतमा खरिद गर्ने अधिकार अमेरिकी विदेश मन्त्रालयलाई दिइएको छ। बाँकी ८० प्रतिशत तेल खरिदका लागि पनि अमेरिकी सरकारलाई पहिलो प्राथमिकताको अधिकार प्रदान गरिएको छ। तथ्यपत्रमा उल्लेख भएअनुसार उक्त कम्पनीको सञ्चालक समितिमा नियुक्त हुने सदस्यका सम्बन्धमा अमेरिकी सरकारले रोक लगाउन सक्ने अधिकार राख्नेछ। साथै, सञ्चालक समितिका अधिकांश सदस्य अमेरिकी नागरिक हुनुपर्ने व्यवस्था गरिएको छ।

सम्झौता अमेरिकी कानुनअनुसार कार्यान्वयन हुने तथा यससँग सम्बन्धित विवाद अमेरिकी अदालतको अधिकारक्षेत्रमा रहने जनाइएको छ। अमेरिकी सरकारले सम्झौताअन्तर्गत भेनेजुएलामा उत्पादन हुने लाखौँ ब्यारेल नयाँ तेल अमेरिकी तेल प्रशोधन केन्द्रमा प्रशोधन गरिने र अमेरिकी तेल उत्खनन उपकरण तथा पूर्वाधारको प्रयोगमार्फत ढुवानी गरिने जनाएको छ। अमेरिकी सरकारका अनुसार उक्त सम्झौता अमेरिकी करदातामाथि कुनै अतिरिक्त आर्थिक भार नपर्ने गरी कार्यान्वयन हुनेछ।

यसैबीच, राष्ट्रपति ट्रम्पले मंगलबार ठूला तथा साना तेल प्रशोधन कम्पनीका सञ्चालकहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ। अमेरिकाको इरानविरुद्ध जारी सैन्य कारबाहीका बीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। पछिल्लो समय ब्रेन्ट कच्चा तेलको मूल्य करिब २८ प्रतिशतले वृद्धि भएको जनाइएको छ।

Post Views: 9

प्रकाशित: २०८३ भाद्र १६, मंगलवार १४:४३
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह
प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु
ताजा अपडेट
  • १. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • २. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ३. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • ४. सुन र चाँदीको मूल्यमा गिरावट

  • ५. रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. भोटेकोशी बाढीप्रभावित क्षेत्रमा वर्षा बढ्ने, उद्धारमा चुनौती

  • ३. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ४. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ५. चट्टान र हिमनदी भासिँदा आयो विनाशकारी बाढी : डा. धनञ्जय रेग्मी

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.