• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel NepalMedia PressFreedomNepal IndependentMedia DemocracyAndMedia west bengal jogbani naka VoiceOfPeople

अमेरिका–इरान तनाव बढ्दा लगानीकर्ता चिन्तित, सेयर बजारमा गिरावट

Nepalics
२०८३ भाद्र १६, मंगलवार १४:३१
Advertisement

मध्यपूर्वमा पुनः बढेको सैन्य तनावसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट आएको छ। इरानी लक्ष्यमा अमेरिकाले गरेको पछिल्लो सैन्य कारबाहीले लगानीकर्तामाझ भूराजनीतिक जोखिम र ब्याजदर वृद्धिको चिन्ता थप बढाएको हो। सोमबारको कारोबारमा डाउ जोन्स औद्योगिक औसत ३७४.०९ अंक अर्थात् ०.७ प्रतिशतले घटेर ५३ हजार१८५.९ अंकमा बन्द भयो। त्यस्तै, एस एन्ड पी ५०० २५.६२ अंक अर्थात् ०.३३ प्रतिशतले घटेर ७हजार६८६.१४ अंकमा पुग्यो। नास्डाक समग्र सूचक पनि ३१.५३ अंक अर्थात् ०.१२ प्रतिशतले घटेर २६ हजार३७०.८९ अंकमा झरेको छ। एस एन्ड पी ५०० अन्तर्गतका ११ प्रमुख क्षेत्रमध्ये नौ क्षेत्रमा गिरावट देखिएको छ। सञ्चार सेवा क्षेत्र १.६३ प्रतिशत र उपयोगिता सेवा क्षेत्र १.१८ प्रतिशतले घटेका छन्। यता, ऊर्जा क्षेत्र २.१ प्रतिशत र प्रविधि क्षेत्र ०.३ प्रतिशतले बढेका छन्। अमेरिकाले इरानका रकेट प्रक्षेपणस्थललाई लक्षित गरी सैन्य कारबाही गरेपछि अमेरिका र इरानबीचको तनाव पुनः चर्किएको हो।

स्ट्रेट अफ हर्मुजमा नौसैनिक बारुदी सुरुङ बिछ्याउने धम्कीपछि अमेरिकाले उक्त कारबाही गरेको बताइएको छ। केही सातायता दुई देशबीच भएको यो पहिलो प्रत्यक्ष सैन्य कारबाही भएको जनाइएको छ। सैन्य तनाव बढेसँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पनि प्रभाव परेको छ। वेस्ट टेक्सस इन्टरमिडिएट कच्चा तेलको अक्टोबर आपूर्ति मूल्य २.३६ अमेरिकी डलर अर्थात् २.८३ प्रतिशतले बढेर प्रतिब्यारेल ८५.७६ डलर पुगेको छ। त्यस्तै, ब्रेन्ट कच्चा तेलको नोभेम्बर आपूर्ति मूल्य २.३९ डलर अर्थात् २.७१ प्रतिशतले बढेर प्रतिब्यारेल ९०.४९ डलर पुगेको छ। यसबीच, अमेरिकी केन्द्रीय बैंकको ब्याजदर नीतिलाई लिएर लगानीकर्ताको चिन्ता पनि कायमै छ।

अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष केभिन वार्शले ज्याक्सन होल आर्थिक नीति गोष्ठीमा शुक्रबार दिएको कडा नीतिको संकेतपछि आगामी सेप्टेम्बर बैठकमा ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढ्ने सम्भावनाबारे बजारको अपेक्षा ६२ प्रतिशत पुगेको छ। एक साताअघि यस्तो सम्भावना करिब ४० प्रतिशत मात्र थियो। ठूला प्रविधि कम्पनीका सेयरमा भने मिश्रित प्रदर्शन देखिएको छ। चिप निर्माता एनभिडियाको सेयर १.४८ प्रतिशतले बढेको छ भने टेस्लाको सेयर ५.५१ प्रतिशतले उकालो लागेको छ।

यता, अमेजनको सेयर २.५ प्रतिशतले घटेको छ। अमेरिकी संघीय व्यापार आयोग र २२ राज्यले डिजिटल विज्ञापनको लिलामी मूल्य निर्धारणमा अनुचित अभ्यास गरेको आरोप लगाउँदै अमेजनविरुद्ध संयुक्त मुद्दा दायर गरेपछि कम्पनीको सेयर दबाबमा परेको हो। एप्पलको सेयर पनि करिब १ प्रतिशतले घटेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले निर्धारित अवकाशअघि सोमबार आफ्नो अन्तिम कार्यदिवस पूरा गरेका छन्। अमेरिकी कम्पनीहरूको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेपछि लगानीकर्ताको ध्यान अब शुक्रबार सार्वजनिक हुने अगस्ट महिनाको गैरकृषि रोजगारी प्रतिवेदनतर्फ केन्द्रित भएको छ।

उक्त प्रतिवेदनले अमेरिकी अर्थतन्त्रको अवस्था र आगामी ब्याजदर नीतिबारे थप स्पष्ट संकेत दिने अपेक्षा गरिएको छ।

Post Views: 8

प्रकाशित: २०८३ भाद्र १६, मंगलवार १४:३१
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह
प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु
ताजा अपडेट
  • १. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • २. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ३. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • ४. सुन र चाँदीको मूल्यमा गिरावट

  • ५. रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. भोटेकोशी बाढीप्रभावित क्षेत्रमा वर्षा बढ्ने, उद्धारमा चुनौती

  • ३. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ४. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ५. चट्टान र हिमनदी भासिँदा आयो विनाशकारी बाढी : डा. धनञ्जय रेग्मी

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.