• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel NepalMedia PressFreedomNepal IndependentMedia DemocracyAndMedia west bengal jogbani naka VoiceOfPeople

शान्तिका लागि ट्रम्पसँग दक्षिण कोरियाको आग्रह

Nepalics
२०८३ असार ३, बुधबार १४:१०
Advertisement

दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियासँगको तनाव कम गर्दै कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न सक्रिय भूमिका खेल्न आग्रह गर्नुभएको छ । इरानसँगको युद्ध अन्त्यका लागि अमेरिका र इरानबीच सहमति बनेको पृष्ठभूमिमा सियोलले अब वासिङ्टनको ध्यान उत्तर कोरियातर्फ मोडिने अपेक्षा गरेको देखिएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार फ्रान्समा सम्पन्न जी–७ शिखर सम्मेलनका क्रममा ट्रम्प र लीबीच उत्तर कोरियाको विषयमा विस्तृत छलफल भएको थियो ।

वार्ताका क्रममा ट्रम्पले अन्तर–कोरियाली सम्बन्धको पछिल्लो अवस्थाबारे चासो व्यक्त गर्नुभएको थियो । त्यस क्रममा राष्ट्रपति लीले मध्यपूर्वमा द्वन्द्व समाधानका लागि ट्रम्पले खेलेको भूमिकालाई उल्लेख गर्दै उत्तर कोरियाली मुद्दाको शान्तिपूर्ण समाधानका लागि पनि नेतृत्व लिन आग्रह गर्नुभएको थियो । राष्ट्रपति कार्यालयका अनुसार ट्रम्पले उत्तर कोरियासम्बन्धी समस्याको समाधानका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अमेरिका र इरानले शुक्रबार औपचारिक समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिरहेका बेला ट्रम्प प्रशासनले अब आफ्नो कूटनीतिक ध्यान उत्तर कोरियातर्फ केन्द्रित गर्न सक्ने अनुमान बढेको छ । यसैबीच ट्रम्पले सन् २०१८ मा सिङ्गापुरमा उत्तर कोरियाली नेता किम जोङ–उनसँग भएको ऐतिहासिक शिखर वार्ताको तस्बिर सामाजिक सञ्जालमा पुनः सार्वजनिक गरेपछि वासिङ्टन–प्योङयाङ संवाद पुनर्जीवित हुन सक्ने अड्कलबाजीलाई थप बल पुगेको छ ।

राष्ट्रपति लीले आफ्ना पूर्ववर्ती युन सुक येओलको तुलनामा उत्तर कोरियाप्रति अपेक्षाकृत नरम र संवादमुखी नीति अपनाउनुभएको छ । तर प्योङयाङले सियोललाई औपचारिक रूपमा आफ्नो ‘सबैभन्दा शत्रुतापूर्ण शत्रु’ को संज्ञा दिँदै आएको छ र आफूलाई ‘अपरिवर्तनीय आणविक राष्ट्र’ घोषणा गर्दै वार्ताप्रति चासो देखाएको छैन । विशेषज्ञहरूले पनि निकट भविष्यमा किम जोङ–उन र ट्रम्पबीच प्रत्यक्ष भेटवार्ता हुने सम्भावना कम रहेको बताएका छन् ।

सियोलस्थित युनिभर्सिटी अफ नर्थ कोरियन स्टडीजका पूर्व अध्यक्ष याङ मु–जिनका अनुसार उत्तर कोरियाको दृष्टिकोणबाट हेर्दा अहिले अमेरिकासँग वार्ता गर्ने स्पष्ट कारण देखिँदैन । विश्लेषकहरूका अनुसार पछिल्ला वर्षहरूमा उत्तर कोरियाले आफ्नो कूटनीतिक दायरा फराकिलो बनाउने प्रयास गरेको छ । प्योङयाङले युक्रेन युद्धमा रुसलाई सैनिक तथा हतियार सहयोग उपलब्ध गराएको आरोप खेपिरहेको छ, जसले मस्कोसँगको सम्बन्धलाई थप बलियो बनाएको छ ।

हालै किम जोङ–उनले प्योङयाङमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई स्वागत गर्नुभएको थियो । त्यो भेटअघि सी जिनपिङले बेइजिङमा ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छुट्टाछुट्टै शिखर वार्ता गर्नुभएको थियो । विशेषज्ञहरूका अनुसार प्योङयाङ र बेइजिङले जारी गरेका आधिकारिक वक्तव्यमा उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रम त्याग्नुपर्ने विषयको कुनै उल्लेख नगर्नुले चीनले उत्तर कोरियाको आणविक हैसियतप्रति मौन समर्थन जनाएको सङ्केत गर्न सक्छ ।

Post Views: 36

प्रकाशित: २०८३ असार ३, बुधबार १४:१०
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह
प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु
ताजा अपडेट
  • १. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • २. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ३. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • ४. सुन र चाँदीको मूल्यमा गिरावट

  • ५. रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. भोटेकोशी बाढीप्रभावित क्षेत्रमा वर्षा बढ्ने, उद्धारमा चुनौती

  • ३. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ४. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ५. चट्टान र हिमनदी भासिँदा आयो विनाशकारी बाढी : डा. धनञ्जय रेग्मी

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.