काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज केही स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । हिमाली र पहाडी भू–भागका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । तराईका थोरै स्थानमा पनि मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ ।
यस्तै, आज राति पनि देशभर बदली रहनेछ । हिमाली क्षेत्रमा वर्षा र हिमपात तथा पहाडी र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

