• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel NepalMedia PressFreedomNepal IndependentMedia DemocracyAndMedia west bengal jogbani naka VoiceOfPeople

अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

Nepalics
२०८३ बैशाख ३, बिहीबार ११:५१
Advertisement
A Pakistani official stands during the arrival of the U.S. Vice President JD Vance for talks with Iranian officials in Islamabad, Pakistan, Saturday, April 11, 2026. Jacquelyn Martin/Pool via REUTERS

अमेरिका–इरान युद्धलाई कूटनीतिक बाटोबाट समाधानतर्फ लैजान प्रयास तीव्र बनिरहेका बेला पाकिस्तान नयाँ प्रमुख मध्यस्थकर्ताको रूपमा उभिएको छ । यसै क्रममा पाकिस्तानी सेना प्रमुख तेहरान पुगेर इरानी नेतृत्वसँग वार्ताको अर्को चरण अघि बढाउने तयारीमा जुट्नुभएको छ । मध्यपूर्वमा बढ्दो तनाव कम गर्ने उद्देश्यसहित भएको यो उच्चस्तरीय पहलले अमेरिका र इरानबीच दोस्रो चरणको प्रत्यक्ष संवादको सम्भावना पुनर्जीवित गरेको सङ्केत दिएको छ । ह्वाइट हाउसले पनि इस्लामाबादमा थप वार्ता हुन सक्ने उल्लेख गरेको छ, यद्यपि औपचारिक निर्णय भने भइसकेको छैन । यसअघि इस्लामाबादमै भएको प्रत्यक्ष संवादले दुई पक्षबीचको मतभेद घटाउन मद्दत गरेको अधिकारीहरूले बताएका छन् । त्यसकै निरन्तरताका रूपमा विशेषगरी युद्धविरामको समयसीमा सकिनुअघि अर्को चरण सुरु गर्ने लक्ष्यसहित पाकिस्तानले पुनः वार्ताको वातावरण बनाउन खोजिरहेको छ । तर कूटनीतिक प्रयाससँगै दबाबको रणनीति पनि जारी छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्प प्रशासनले इरानसँग व्यापार गर्ने मुलुकहरूमाथि थप आर्थिक प्रतिबन्ध लगाउने तयारी गरेको बताउनुभयो । उहाँले यसलाई बम आक्रमणको ‘वित्तीय समकक्ष’ का रूपमा व्याख्या गर्नुभएको छ । यता क्षेत्रीय स्रोतहरूका अनुसार अमेरिका र इरानबीच युद्धविराम थप विस्तार गर्ने विषयमा ‘सैद्धान्तिक सहमति’ बनेको छ, जसले थप वार्ताका लागि समय उपलब्ध गराउनेछ । यद्यपि, इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी र तेहरानका कडा प्रतिक्रियाले यो सहमति अझै संवेदनशील अवस्थामा रहेको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानी सेना प्रमुख असिम मुनिरसँग प्रारम्भिक छलफल गरिसक्नुभएको छ । तर, इरानी सैन्य नेतृत्वबाट आएका कडा अभिव्यक्तिहरूले स्थिति अझै जटिल रहेको सङ्केत दिएका छन् । इरानले नाकाबन्दी नहटाइए क्षेत्रीय व्यापार अवरुद्ध गर्ने चेतावनी दिएको छ भने सर्वोच्च नेतृत्वका सल्लाहकारहरूले युद्धविराम विस्तारप्रति असन्तुष्टि जनाएका छन् । वार्ताका मुख्य अवरोधहरू पनि स्पष्ट देखिएका छन् । इरानको आणविक कार्यक्रम, होर्मुज जल डमरूमध्यको नियन्त्रण र युद्धका क्रममा भएको क्षतिको क्षतिपूर्ति—यी तीन विषयमा सहमति जुटाउन मध्यस्थकर्ताहरूले दबाब बढाइरहेका छन् । इरानले युरेनियम संवर्धनबारे छलफल गर्न तयार रहेको जनाए पनि आफ्नो आवश्यकतानुसार संवर्धन जारी राख्न पाउनुपर्ने अडान दोहोर्‍याएको छ । युद्धको प्रभाव विश्वव्यापी रूपमा महसुस भइरहेको छ । होर्मुज जल डमरूमध्य हुँदै हुने तेल ढुवानी प्रभावित हुँदा ऊर्जा बजार अस्थिर बनेको छ । तेलको मूल्य आकासिएपछि इन्धन, खाद्यान्न र अन्य आवश्यक वस्तुको मूल्य वृद्धि विश्वभर देखिएको छ । यद्यपि, हालै युद्ध अन्त्य हुने आशामा तेलको मूल्य केही घटेको छ र अमेरिकी सेयर बजारले पनि नयाँ उचाइ छोएको छ । यसबीच चीनले पनि कूटनीतिक पहललाई समर्थन गर्दै होर्मुज जल डमरूमध्य पुनः खोल्न आग्रह गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले शान्तिको अवसर खुलिरहेको उल्लेख गर्दै इरानको सार्वभौमिकता सम्मान गर्दै जलमार्गको स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने बताउनुभयो । अमेरिकी सेनाले इरानी ढुवानीमाथि लगाएको नाकाबन्दी अझै प्रभावकारी रहेको जनाएको छ । हालसम्म कुनै जहाजले उक्त नाकाबन्दी पार गर्न नसकेको र केही जहाजहरूलाई फर्काइएको जानकारी दिइएको छ । यो कदम इरानमाथि थप आर्थिक दबाब सिर्जना गर्ने उद्देश्यले चालिएको हो । यसैबीच, इजरायल–लेबनान मोर्चामा पनि तनाव घटेको छैन । दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण र स्थल कारबाही जारी छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहविरुद्धको अभियान जारी राख्ने बताउनुभएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो आक्रमणमा तीन जना प्यारामेडिक्सको मृत्यु भएको छ भने अन्य घाइते भएका छन् । यसले मानवीय सङ्कट अझ गहिरिँदै गएको संकेत गरेको छ । सन् १९४८ मा इजरायल स्थापना भएयता लेबनानसँगको द्वन्द्व औपचारिक रूपमा अन्त्य नभएको अवस्थामा अहिलेको अवस्था थप जटिल बनेको देखिन्छ । यस समग्र परिस्थितिमा पाकिस्तानको मध्यस्थताले कूटनीतिक समाधानतर्फ नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ ।

Post Views: 114

प्रकाशित: २०८३ बैशाख ३, बिहीबार ११:५१
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित
युद्धले सुडानको विद्युत् प्रणाली ध्वस्त पार्दा सौर्य ऊर्जातर्फ बढ्दो आकर्षण
क्यासिनोमा जुवा खेलाउने आठ जना पक्राउ
ताजा अपडेट
  • १. अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

  • २. बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

  • ३. भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

  • ४. बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

  • ५. युद्धले सुडानको विद्युत् प्रणाली ध्वस्त पार्दा सौर्य ऊर्जातर्फ बढ्दो आकर्षण

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ३. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ४. क्यासिनोमा जुवा खेलाउने आठ जना पक्राउ

  • ५. बाढीपीडितको उद्धारमा बिजी ग्रुपको १ करोड २ लाख ७७ हजार सहयोग

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.