• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

आईएमएफद्धारा नेपाललाई थप ४२.९ मिलियन डलर सहयोग

Nepalics
२०८३ जेष्ठ २५, सोमबार १६:००
Advertisement

अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विस्तारित कर्जा सुविधा (इसिएफ) कार्यक्रमअन्तर्गत नेपाललाई करिब ४२.९ मिलियन अमेरिकी डलर बराबरको थप सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

आइएमएफको कार्यकारी बोर्डले जुन ५ मा गरेको समीक्षापछि उक्त सहायता स्वीकृत गरेको हो। आइएमएफले नेपालले आर्थिक सुधार र संरचनात्मक परिवर्तनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको भन्दै सहायता जारी गरिएको जनाएको छ।

आइएमएफका अनुसार मौद्रिक नीतिको कार्यान्वयन प्रणाली सुधार, वित्तीय क्षेत्रको निगरानी सुदृढीकरण, बैंकहरूको ऋण पोर्टफोलियो समीक्षा, सार्वजनिक वित्त व्यवस्थापनमा पारदर्शिता तथा सम्पत्ति शुद्धीकरण नियन्त्रणसम्बन्धी कानुनी र संस्थागत सुधारमा नेपालले सकारात्मक उपलब्धि हासिल गरेको छ।

यद्यपि आर्थिक गतिविधिमा देखिएको सुस्तता, कृषि उत्पादनमा कमी, निजी क्षेत्रको लगानी कमजोर रहनु तथा मध्यपूर्व क्षेत्रमा जारी तनावका कारण चालु आर्थिक वर्ष २०२५/२६ मा नेपालको आर्थिक वृद्धि करिब तीन प्रतिशतमा सीमित रहने प्रक्षेपण आइएमएफले गरेको छ।

यो किस्तासहित इसिएफ कार्यक्रमअन्तर्गत नेपालले प्राप्त गर्ने कुल सहायता रकम करिब ३८४.१ मिलियन अमेरिकी डलर पुगेको छ। सन् २०२२ जनवरीमा सुरु भएको ३८ महिनाको उक्त कार्यक्रम आगामी सन् २०२६ जुलाई ११ सम्म सञ्चालनमा रहनेछ।

नेपालले यस कार्यक्रममार्फत वित्तीय स्थायित्व कायम गर्ने, विदेशी मुद्रा सञ्चिति मजबुत बनाउने, सार्वजनिक वित्त व्यवस्थापन सुधार गर्ने तथा दीर्घकालीन आर्थिक सुधारलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Post Views: 50

प्रकाशित: २०८३ जेष्ठ २५, सोमबार १६:००
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
एआई डेटिङ एपबाट २६५ जोडीको विवाह
ताजा अपडेट
  • १.

  • २. प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

  • ३. पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

  • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

  • ५. झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

चर्चित
  • १. एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

  • २. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

  • ३. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ४. आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

  • ५. राजमार्गमा बाढी–पहिरोको मार

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.