• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

कार्यालय अनुशासनमा सतर्कता केन्द्रको कडाइ

Nepalics
२०८३ जेष्ठ २२, शुक्रबार १०:३५
Advertisement

राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयहरूमा छड्के अनुगमनलाई थप तीव्र बनाएको छ। केन्द्रले दैनिक औसत १० वटा सरकारी कार्यालयमा अनुगमन गर्दै कर्मचारीहरूको कार्यालय समय पालना, निर्धारित पोशाक तथा सेवा प्रवाहसम्बन्धी कार्यशैलीको निगरानी गरिरहेको जनाएको छ।

केन्द्रकी सूचना अधिकारी सरिता खतिवडाका अनुसार पाँचवटा छुट्टाछुट्टै टोली परिचालन गरी हाजिरी, पोशाक, फाइल ट्र्याकिङ तथा कार्यालय अनुशासनसम्बन्धी पक्षहरूको नियमित अनुगमन भइरहेको छ।

केन्द्रले गत साउनयता देशभरका एक हजार १३० सरकारी कार्यालयमा अनुगमन गरेको छ। अनुगमनका क्रममा छ हजार ७१० कर्मचारीले कार्यालय समयको पूर्ण पालना नगरेको तथा एक हजार १६२ कर्मचारी तोकिएको पोशाकविनै कार्यालयमा उपस्थित भएको पाइएको खतिवडाले जानकारी दिनुभयो।

केही कार्यालयमा अवस्था सुधार भए–नभएको मूल्याङ्कन गर्न दुईदेखि तीन पटकसम्म पुनः अनुगमनसमेत गरिएको केन्द्रले जनाएको छ। अनियमितता भेटिएका कर्मचारीविरुद्ध आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई सिफारिस गरिएको छ।

निजामती सेवा ऐन, २०४९ को दफा ५५ अनुसार कार्यालय समय पालना नगर्ने वा निर्धारित आचरण उल्लङ्घन गर्ने कर्मचारीलाई सम्बन्धित कार्यालयले चेतावनी पत्र जारी गर्ने व्यवस्था छ। उक्त चेतावनीको अभिलेख कार्यालयमा राखिने कानुनी प्रावधान रहेको छ।

ऐनअनुसार दुई पटकसम्म चेतावनी प्राप्त गरिसकेका कर्मचारीमाथि विभागीय कारबाहीसमेत गर्न सकिने व्यवस्था छ। केन्द्रले संघीय राजधानीसँगै सातै प्रदेशका चयनित जिल्लामा पनि अनुगमनलाई निरन्तरता दिएको छ। विशेषगरी सेवाग्राहीको चाप बढी हुने र जनसम्पर्क धेरै रहने कार्यालयहरूलाई प्राथमिकतामा राखेर अनुगमन भइरहेको केन्द्रले जनाएको छ।

Post Views: 21

प्रकाशित: २०८३ जेष्ठ २२, शुक्रबार १०:३५
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एआई डेटिङ एपबाट २६५ जोडीको विवाह
नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध
ताजा अपडेट
  • १.

  • २. प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

  • ३. पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

  • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

  • ५. झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

चर्चित
  • १. एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

  • २. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

  • ३. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ४. आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

  • ५. राजमार्गमा बाढी–पहिरोको मार

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.