• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel NepalMedia PressFreedomNepal IndependentMedia DemocracyAndMedia west bengal jogbani naka VoiceOfPeople

गाजामा सहायता बितरणमा अनुमति दिन इजरायललाई राष्ट्रसङ्घको आग्रह

Nepalics
२०८३ बैशाख १६, बुधबार १३:२१
Advertisement
MIDEAST-PALESTINIANS-ISRAEL

मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका प्रवक्ता थमीन अल खितानले गाजा पट्टीमा मानवीय सहायता प्रवेशमा लगाइएका प्रतिबन्धहरू हटाउन इजरायललाई आह्वान गरेका छन्।

जेनेभामा आयोजित संयुक्त राष्ट्रसङ्घको साप्ताहिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले गाजाका प्यालेस्टिनी नागरिकहरूको आधारभूत आवश्यकताहरू पूरा गर्न आवश्यक मानवीय सहायता निर्बाध रूपमा प्रवेश गर्न दिनुपर्ने बताएका हुन्।

अल खितानले इजरायललाई खाद्य सामग्री, स्वच्छ पिउने पानी, खाना पकाउने ग्यास तथा अन्य अत्यावश्यक वस्तुहरूको आपूर्ति सहज बनाउन र सहायता प्रवेश तथा वितरणमा रहेका सबै अवरोध हटाउन आग्रह गरे।

उनका अनुसार लामो समयदेखि जारी द्वन्द्वका कारण गाजामा अत्यावश्यक सामग्रीको गम्भीर अभाव सिर्जना भएको छ, जसले मानवीय संकटलाई झन् चर्काएको छ।

गाजाको समग्र अवस्था अत्यन्त गम्भीर बन्दै गएको उल्लेख गर्दै उनले त्यहाँका बासिन्दा आधारभूत जीवनयापनका आवश्यक सेवाबाट समेत वञ्चित भइरहेको बताए।

संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धविरामका प्रयासहरू भए पनि गाजा क्षेत्रले अझै कडा नाकाबन्दी र निरन्तर आक्रमणको सामना गरिरहेको छ, जसका कारण ठूलो संख्यामा सर्वसाधारण प्रभावित भएका छन्।

Post Views: 46

प्रकाशित: २०८३ बैशाख १६, बुधबार १३:२१
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित
युद्धले सुडानको विद्युत् प्रणाली ध्वस्त पार्दा सौर्य ऊर्जातर्फ बढ्दो आकर्षण
क्यासिनोमा जुवा खेलाउने आठ जना पक्राउ
ताजा अपडेट
  • १. अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

  • २. बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

  • ३. भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

  • ४. बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

  • ५. युद्धले सुडानको विद्युत् प्रणाली ध्वस्त पार्दा सौर्य ऊर्जातर्फ बढ्दो आकर्षण

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ३. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ४. क्यासिनोमा जुवा खेलाउने आठ जना पक्राउ

  • ५. बाढीपीडितको उद्धारमा बिजी ग्रुपको १ करोड २ लाख ७७ हजार सहयोग

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.