• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel NepalMedia PressFreedomNepal IndependentMedia DemocracyAndMedia west bengal jogbani naka VoiceOfPeople

गोरखामा जडीबुटी सङ्कलनबाट वार्षिक रु २० लाखभन्दा बढी राजस्व, यार्सागुम्बा र जटामसी मुख्य स्रोत

नेपाल विकास
२०८२ श्रावण १६, शुक्रबार १२:५६
Advertisement

गोरखा । गोरखा जिल्लामा जडीबुटी सङ्कलन र निकासीमार्फत अघिल्लो आर्थिक वर्ष (२०७९/८०) मा कुल रु २० लाख १६ हजार ४०४ राजस्व सङ्कलन भएको छ। यो राजस्व डिभिजन वन कार्यालय गोरखा र मनास्लु संरक्षण क्षेत्र आयोजनामार्फत संकलन गरिएको हो।

मनास्लु संरक्षण क्षेत्रभित्र मात्र ११ हजार ३९२ केजी जडीबुटी संकलन तथा निकासी गरिएको छ। उक्त क्षेत्रबाट मात्रै रु १२ लाख ७० हजार ४१९ बराबरको राजस्व प्राप्त भएको आयोजना प्रमुख सन्तोष शेरचनले जानकारी दिए। उनले मनास्लु क्षेत्रभित्र संकलित ३४ दशमलव १९ केजी यार्सागुम्बाबाट मात्रै रु १० लाख ८९ हजार ८९० राजस्व उठेको बताए।

यस क्षेत्रबाट संकलन गरिएका अन्य जडीबुटीहरूमा बुकीफूल, पदमचाल, रातोच्याउ, निर्मसी, टुकीफूल, टिमुर, धुपी, सुनपाती, सेतक्चिनी, गुलाफ, जिम्बु र चिराइतोजस्ता बहुमूल्य वनस्पति रहेका छन्, जसबाट उल्लेखनीय मात्रामा राजस्व आर्जन गरिएको छ।

मनास्लु क्षेत्रबाहेक अन्य वनक्षेत्रहरूबाट संकलित ३५ हजार ५८२ केजी जडीबुटीबाट डिभिजन वन कार्यालयले रु सात लाख ४५ हजार ९८५ राजस्व संकलन गरेको छ। यसमध्ये सबैभन्दा धेरै आम्दानी जटामसीबाट भएको छ, जसबाट मात्रै रु तीन लाख ५६ हजार २५० राजस्व प्राप्त भएको छ।

प्राकृतिक स्रोतसाधनको संरक्षण र दिगो उपयोगमा गोरखाले उल्लेखनीय योगदान दिइरहेको देखिएको छ। स्थानीय तहमा जडीबुटीको व्यवस्थापन र मूल्य अभिवृद्धि गर्न सके राजस्व र रोजगारी दुवै बढ्न सक्ने संकेत देखिएको छ।

Post Views: 257

प्रकाशित: २०८२ श्रावण १६, शुक्रबार १२:५६
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित
बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन
ताजा अपडेट
  • १. अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

  • २. बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

  • ३. भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

  • ४. बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

  • ५. युद्धले सुडानको विद्युत् प्रणाली ध्वस्त पार्दा सौर्य ऊर्जातर्फ बढ्दो आकर्षण

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ३. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ४. क्यासिनोमा जुवा खेलाउने आठ जना पक्राउ

  • ५. बाढीपीडितको उद्धारमा बिजी ग्रुपको १ करोड २ लाख ७७ हजार सहयोग

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.