• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

थाइल्याण्डः पूर्वप्रधानमन्त्री सिनावात्रा जेलमुक्त

Nepalics
२०८३ बैशाख २८, सोमबार ११:००
Advertisement

थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गर्दै सोमबार बैङ्ककको जेलबाट पेरोलमा रिहा हुनुभएको छ । भ्रष्टाचारको आरोपमा एक वर्षको सजाय पाउनुभएका थाक्सिनले आठ महिना जेल सजाय भोगिसक्नुभएको छ। दशकौँदेखि विवाद र राजनीतिमा ध्रुवीकरणको केन्द्रमा रहेका थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन स्थानीय समय अनुसार सोमबार विहानै जेलबाट रिहा हुनुभएको हो । उहाँको स्वागतका लागि बैङ्ककको केन्द्रीय कारागार ‘क्लोङ प्रेम’ बाहिर करिब ३०० समर्थक र राजनीतिक सहयोगीहरू भेला भएका थिए। थाक्सिन सेतो पोलो ब्रान्डको टिसर्ट र निलो पाइन्ट लगाएर जेलबाट बाहिर निस्किँदा उहाँलाई परिवारिक सदस्यहरूले अँगालो हाल्दै स्वागत गरेका थिए। त्यस्तै, उहाँको रिहाइसँगै खुशी साट्न जेलबाहिर भेला भउका समर्थकहरूले ‘वि लभ थाक्सिन’ को नारा लगाएका थिए र उहाँलाई रातो गुलाब उपहार दिएका थिए। रिहाईपछि पहिलो पटक सार्वजनिकरूपमा देखिनुभएका उहाँले सञ्चारमाध्यमसँग भने कुनै प्रतिक्रिया दिन चाहनुभएन । –थाक्सिनको राजनीतिक यात्रा– दूरसञ्चार व्यवसायमा आबद्ध अर्बपति व्यापारी थाक्सिनले सन् १९९८ मा आफ्नै राजनीतिक पार्टी गठन गर्नुभएको थियो र सन् २००१ मा थाइल्याण्डको प्रधानमन्त्री बन्नुभएको थियो ।सन् २००६ मा सेनाले ‘कू’ गरेर उहाँको सरकार अपदस्थ गरेको थियो । त्यतिबेला उहाँ विदेश भ्रमणमा हुनुहुन्थ्यो । त्यतिबेला थाई राजनीति झण्डै दुई दशकसम्म गहिरो राजनीतिक द्वन्द्व र ध्रुवीकरणको शिकार बनेको थियो। थाक्सिनलाई शक्तिको दुरुपयोग, आफ्नो व्यापारिक हितलाई फाइदा पुर्याएको र सरकारी चिठ्ठा परियोजनामा अनियमितता गरेको आरोप लगाइएको थियो। उहाँलाई अनुपस्थितिमा नै दोषी ठहर गरिएको थियो । सन् २०२३ मा उहाँ स्वदेश फर्किनुभएको थियो र अदालतमा हाँजिर हुनुभएको थियो । त्यहाँबाट उहाँलाई सुरुमा आठ वर्षको जेल सजाय सुनाइएको थियो तर पछि थाइल्यान्डका राजा महा वाजिरालोङकोर्नले जेल सजाय घटाएर एक वर्षमा झार्नुभएको थियो । स्वास्थ्य कारण देखाउँदै थाक्सिनलाई बैङ्ककस्थित प्रहरी अस्पतालको एक विशेष कक्षमा कैद गर्न दिइएको थियो । यो निर्णयका विरोधीहरुले उहाँलाई विशेष सुविधा दिएको आरोप लगाएका थिए । यसपछि सन् २०२५ सेप्टेम्बरमा सर्वोच्च अदालतले उहाँलाई जेलमा आफ्नो सजाय पूरा गर्न आदेश दिएको थियो । –स्वास्थ्य कारणले ‘प्यारोल’ स्वीकृत– हालसालै, न्याय मन्त्रालयको एक समितिले उहाँको राम्रो आचरण, बढ्दो उमेर र पुनः अपराधको कम सम्भावनालाई ध्यानमा राख्दै उहाँको लागि ‘प्यारोल’ स्वीकृत गरेको छ। रिहाइपछि आगामी चार महिनासम्म उहाँलाई निगरानीमा राखिने बताइएको छ । उनीहरूले बैङ्ककमा आफ्नो घरमा बस्नुपर्नेछ भने निगरानीका लागि ‘इलेक्ट्रोनिक मोनिटरिङ ब्रेसलेट’ लगाउनु पर्नेछ र नियमित रूपमा अधिकारीहरूलाई रिपोर्ट गर्नुपर्नेछ। सन् २०२४ मा थाक्सिनकी छोरी पातोङटार्न सिनावात्रा थाइल्यान्डको सबैभन्दा कान्छी प्रधानमन्त्री बनेपछि थाक्सिनलाई थप सुविधा दिनसक्ने भनाइहरू आएका थिए तर उहाँको विदेशी अधिकारीसँगको विवादास्पद फोन कल सार्वजनिक भएपछि संवैधानिक अदालतले उहाँलाई सन् २०२५ मा पदबाट हटाएको थियो। यस वर्षको आम निर्वाचनमा थाक्सिन समर्थित फेउ थाई पार्टी तेस्रो स्थानमा पुगेको थियो ।

Post Views: 48

प्रकाशित: २०८३ बैशाख २८, सोमबार ११:००
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
एआई डेटिङ एपबाट २६५ जोडीको विवाह
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन
ताजा अपडेट
  • १. प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

  • २. पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

  • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

  • ४. झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

  • ५. बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

चर्चित
  • १. एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

  • २. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

  • ३. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ४. आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

  • ५. राजमार्गमा बाढी–पहिरोको मार

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.