• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

बक्यौता फर्छ्योटसँगै स्वास्थ्य बिमा सहज बन्दै

Nepalics
२०८३ जेष्ठ २५, सोमबार ०८:४१
Advertisement

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत लामो समयदेखि रोकिएको भुक्तानी प्रक्रिया पछिल्लो समय तीव्र बनेको छ । नयाँ सरकार गठनपछि बक्यौता रकम निकासा गर्ने कामले गति लिँदा स्वास्थ्य संस्थाहरूले राहत महसुस गर्न थालेका छन्।

स्वास्थ्य बिमा बोर्डका अनुसार पछिल्लो एक साताभित्र मात्रै एक अर्ब तीन करोड रुपैयाँभन्दा बढी रकम देशभरका स्वास्थ्य संस्थाहरूलाई उपलब्ध गराइएको छ। यसबाट १५५ सरकारी, २५ सामुदायिक र ३७ निजी अस्पताल लाभान्वित भएका छन्।

विगतमा स्रोत अभावका कारण स्वास्थ्य बिमा भुक्तानीमा ढिलाइ हुँदै आएको थियो। तर सरकारले चरणबद्ध रूपमा बक्यौता रकम फर्छ्योट गर्न थालेपछि कार्यक्रमप्रति देखिएको अन्योल क्रमशः हट्दै गएको छ। हालै मात्र विपन्न नागरिकको उपचार खर्चबापत थप ३२ करोड रुपैयाँभन्दा बढी रकम पनि सम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको बोर्डले जनाएको छ।

बोर्डका वरिष्ठ मेडिकल सुपेरिटेन्डेन्ट डा. पवन शाहका अनुसार यसअघि सरकारी अस्पताललाई प्राथमिकता दिइए पनि अहिले निजी स्वास्थ्य संस्थामा उपचार गराएका बिरामीको दाबीसमेत भुक्तानी प्रक्रियामा समेटिएको छ।

भुक्तानी प्राप्त गर्ने संस्थाहरूमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, नारायणी अस्पताल, भेरी अस्पताल, नेपाल मणिपाल शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बीएन्डसी शिक्षण अस्पताललगायतका स्वास्थ्य संस्था रहेका छन्।

सरकारले विशेषगरी विपन्न नागरिकका लागि प्रदान गरिने मिर्गौला डायलाइसिस, मुटुरोग उपचार, स्पाइनल इन्जुरी तथा गम्भीर चोटपटकसम्बन्धी सेवाको शोधभर्ना रकम निकासा गरेको जनाएको छ। आवश्यक कागजात पूरा भएका दाबीहरूको आधारमा भुक्तानी गरिएको बोर्डको भनाइ छ।

स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन सरकारले चालु आर्थिक वर्षका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरेको छ। साथै बिमा दाबी, अस्पतालको सेवा प्रवाह तथा खरिद प्रक्रियामा निगरानी बढाउने तयारी पनि गरिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बिमालाई नागरिकको महत्वपूर्ण सामाजिक सुरक्षा कार्यक्रमका रूपमा लिइएको बताउँदै बाँकी दायित्व क्रमशः भुक्तानी गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा कार्यक्रमको पारदर्शिता र प्रभावकारिता बढाउन कडा अनुगमन तथा नियमन गरिने जानकारी दिनुभयो।

Post Views: 36

प्रकाशित: २०८३ जेष्ठ २५, सोमबार ०८:४१
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)
अझै ताजै छ ‘जेनजी’ आन्दोलनको घाउ (तस्बिरसहित)
हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)
ताजा अपडेट
  • १. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • २. अझै ताजै छ ‘जेनजी’ आन्दोलनको घाउ (तस्बिरसहित)

  • ३. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ४. अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

  • ५. बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ३. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ४. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ५. क्यासिनोमा जुवा खेलाउने आठ जना पक्राउ

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.