• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र

Nepalics
२०८३ असार ४, बिहीबार ०९:५७
Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को यही असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि उद्घाटनस्थल निर्माण तीव्र गतिमा थालिएको छ । भरतपुर महानगरपालिका–१० स्थित गेष्टहाउस चौरमा उद्घाटन समारोह आयोजना गर्ने तयारीसँगै संरचना निर्माणको काम तीव्र पारिएको हो ।

उद्घाटन सत्रका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गर्न लागिएको छ । डोमको छानो विशेष वाटरप्रुफ टेन्साइल फेब्रिकबाट तयार गरिनेछ, जसले घाम, पानी र हावाको प्रभावबाट सहभागीलाई सुरक्षित राख्ने जनाइएको छ । मिडिया स्पेस सोलुसन काठमाडौँले सो काम गरिरहेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक सिर्जल भट्टराईका अनुसार करिब तीन हजार वर्गमिटर क्षेत्रफलमा तीनवटा डोम जोडेर एउटै विशाल हल निर्माण गरिनेछ । उक्त संरचनाभित्र एलइडी स्क्रिन, पङ्खा, कुलर तथा कुर्सी व्यवस्थापनका लागि पर्याप्त स्थान रहनेछ । उहाँका अनुसार डोमभित्रबाट सहभागीले सहज रूपमा मञ्च अवलोकन गर्नसक्ने व्यवस्था मिलाइनेछ ।

अन्तरराष्ट्रियस्तरका ठूला कार्यक्रममा प्रयोग हुने प्रविधिअनुसार बलियो, सुरक्षित तथा मौसम प्रतिरोधी संरचना निर्माण भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “महाधिवेशन नजिकिएकाले निर्माण कार्यलाई तीव्रता दिएका छौँ ।” महाधिवेशनमा सहभागी तथा आगन्तुकका सवारीसाधनका लागि केन्द्रीय बस टर्मिनल क्षेत्रमा पार्किङ व्यवस्थापन गरिने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिनुभयो ।

रास्वपाले उद्घाटन सत्रमा राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताका साथै छिमेकी मुलुकका प्रतिनिधिलाई समेत आमन्त्रण गरेको जनाएको छ । महाधिवेशनको बन्दसत्रमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने जनाइएको छ । महाधिवेशनको उद्घाटन सत्र गेष्टहाउस चौरमा हुनेछ भने बन्दसत्र नजिकै रहेको चितवन उद्योग सङ्घको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिने तयारी गरिएको हो ।

Post Views: 37

प्रकाशित: २०८३ असार ४, बिहीबार ०९:५७
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन
नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध
ताजा अपडेट
  • १.

  • २. प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

  • ३. पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

  • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

  • ५. झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

चर्चित
  • १. एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

  • २. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

  • ३. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ४. आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

  • ५. राजमार्गमा बाढी–पहिरोको मार

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.