• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

“हिमालको मुटुबाट विश्वसम्म: ‘शेर्वा’ ले सुनाउने साहस र आत्मबलको कथा”

नेपाल विकास
२०८२ श्रावण २४, शनिबार ०७:४९
Advertisement

काठमाडौं। शेर्पा समुदायको साहसिक जीवन र सांस्कृतिक सम्पदालाई पर्दामा उतार्ने नेपाली चलचित्र “शेर्वा – द लाइफ अफ हिमालय” सन् २०२६ मा अन्तर्राष्ट्रिय रूपमा प्रदर्शनमा आउने भएको छ।

शेर्पा फिल्म्सको प्रस्तुति र 8के एक्सपेडिसनको सहकार्यमा निर्माणाधीन यो चलचित्र अहिले पूर्वनिर्माण चरणमा रहेको छ। निर्माण पक्षका अनुसार, चलचित्रले हिमाली जनजीवनको यथार्थतालाई पर्दामा भावनात्मक र दृश्यात्मक रूपमा प्रस्तुत गर्नेछ।

चलचित्रको संयुक्त निर्देशन कर्मा शेर्पा र दुर्लव जन्तरेले गर्नेछन् भने कथा कर्मा शेर्पाले लेखेका हुन्। पटकथा लेखनमा सुमन गजमेर, छायांकनमा रञ्जित श्रेष्ठ, संगीत संयोजनमा अटल राई र गायनमा सचिन राई संलग्न हुने पुष्टि निर्माण टिमले गरिसकेको छ।

नेपाली सिनेमा क्षेत्रका बहुप्रशंसित अभिनेता बुद्धि तामाङलाई चलचित्रको मुख्य भूमिकामा अनुबन्ध गरिसकिएको छ। निर्देशकद्वयका अनुसार तामाङको अभिनयले कथालाई गहिरो प्रभाव दिने अपेक्षा गरिएको छ।

चलचित्रका अन्य पात्रहरू खुला अडिसन र कास्टिङ कलमार्फत छनोट गरिने छन्। यसबाट हिमाली समुदायको वास्तविक प्रतिनिधित्व र नयाँ कलाकारको उदयलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको निर्माण पक्षको भनाइ छ।

निर्देशकद्वयले भनेका छन्, “हाम्रो उद्देश्य सिंगो हिमाली समाजको कथा संसारभर पुर्‍याउनु हो , जहाँ साहस, संस्कृति र आत्मबल मिसिएको जीवन पाइन्छ।”

चलचित्रलाई विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी गराउने योजना समेत रहेको जानकारी दिइएको छ। “शेर्वा – द लाइफ अफ हिमालय” नेपाली सिनेमा इतिहासमा हिमाली कथावाचनको नयाँ अध्यायको रूपमा हेरिँदैछ।

शानदार छायांकन, मौलिक संगीत र यथार्थ कथावस्तुमा आधारित यस चलचित्रले नेपाली सिनेमामा दुर्लभ विषय उठाउँदैछ। हिमाल जत्तिकै विशाल भावनात्मक गहिराइ बोकेको “शेर्वा”ले दर्शकको मनछुने विश्वास लिइएको छ।

Post Views: 945

प्रकाशित: २०८२ श्रावण २४, शनिबार ०७:४९
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अझै ताजै छ ‘जेनजी’ आन्दोलनको घाउ (तस्बिरसहित)
हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)
अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित
ताजा अपडेट
  • १. अझै ताजै छ ‘जेनजी’ आन्दोलनको घाउ (तस्बिरसहित)

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

  • ४. बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

  • ५. भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ३. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ४. क्यासिनोमा जुवा खेलाउने आठ जना पक्राउ

  • ५. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.