काठमाडौँ । सरकारले सुकुम्बासी परीक्षणका लागि भू अभिलेख सूचना व्यवस्थापन प्रणाली शुरु गरिएको जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले, सुकुम्बासीको नाम दर्ता गराएकाहरुको कुनै ठाउँमा जग्गा भए नभएको पत्ता लगाउन, भू अभिलेख प्रणालीबाट परीषण सुरु गरिएको जनाएको हो । मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टका अनुसार, विद्युतीय माध्यमबाट पारदर्शी, प्रभावकारी र मितव्ययी रूपमा परीक्षण कार्य भइरहेको जानकारी दिनुभएको हो । हाल सहरी विकास मन्त्रालयले अभिलेख पठाए अनुसार काठमाडौं उपत्यकाभित्रका सुकुम्बासीका नामावली परीक्षण भइरहेको उहाँको भनाइ छ । मन्त्रालयले भूमिसम्बन्धी सेवा स्थानीय तहबाटै दिनका लागि आवश्यक कर्मचारी, प्राविधिक जनशक्ति, व्यावसायिक सीप, प्रविधि र अरु स्रोतबारे जानकारी गराउन सबै स्थानीय तहलाई पत्राचार गरेको पनि उहाँले जानकारी दिनुभएको छ ।

