काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् ।

मन्त्रिपरिषद बैठकले १८ औं गभर्नरका रुपमा पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर अन्यौल सकिएको छ ।
गत चैत २५ गतेदेखि राष्ट्र बैंकमा गभर्नरको पद रिक्त भएको थियो । सत्ता साझेदार दलहरु कांग्रेस र एमालेबीच कुरा नमिल्दा गभर्नर नियुक्ति प्रक्रिया लम्बिएको थियो ।

अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो । त्यसमा विश्व पौडेलको नाम एक नम्बरमा सिफारिस भएको थियो ।




