• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

Nepalics
२०८३ भाद्र २३, मंगलवार ११:४७
Advertisement

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा आजदेखि अमेरिकी सहर न्युयोर्कमा सुरु हुँदैछ । यसपटकको महासभाका लागि ‘विश्वासको पुनःस्थापना, रुपान्तरणको व्यवस्थापनः सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसङ्घ’ नारा तय गरिएको छ । महासभाको सबैैभन्दा महत्वपूर्ण कार्यक्रम ‘सेटेम्बर’ १८ देखि २८ सम्मलाई मानिन्छ । सो अवसरमा विश्वभरको चासो, विश्व स्वास्थ्यदेखि शान्ति, सुरक्षा, मानवीय सहायतालगायतका विविध विषयहरुमा माथि छलफल हुन्छ । यसैगरी, ‘सेप्टेम्बर’ २२ देखि २६ तारिखसम्म विश्वभरका सदस्य राष्ट्रहरुका सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महासभाको महत्वपूर्ण कार्यक्रममध्ये १८ ‘सेप्टेम्बर’का दिन दिगो विकासका लक्ष्यहरुको बारेमा छलफल हुनेछ जहाँ समुदाय, राष्ट्र र क्षेत्रीयरुपमा भइरहेका मानव तथा भौतिक विकास र विश्वव्यापीरुपमा भइरहेका कार्यप्रगतिको समीक्षासमेत गरिन्छ । यसैगरी, २३ सेप्टेम्बरको दिन जलवायु परिवर्तनलाई सम्बोधन गर्न जलवायु सम्मेलनको आयोजना हुँदैछ ।

यस सम्मेलनमा राष्टसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असर, त्यसमा विकसित राष्ट्रहरुको भूमिका, प्रभावित देशहरुको अवस्था, ऊर्जा उत्पादन तथा उपभोक्ता अधिकारलगायका विविध विषयमा मजबुत सहकार्यको लागि आह्वान गर्नुहुने राष्ट्रसङ्घले जनाएको छ ।

जलवायु परिवर्तनबाट प्रत्यक्षरुपमा प्रभावित नेपालले जलवायु उत्सर्जनमा कम योगदान गरेका देशहरुको आवाज र त्यसमा भएका मानवीय तथा भौतिक पूर्वाधारको क्षतिलगायतका मुद्दालाई राष्ट्रसङ्घमा प्राथमिकताका साथ उठाउने भएको छ । खासगरी जलवायु न्याय र जलवायु असरले मानव जीवन, प्राकृतिक सम्पदा, ऊर्जालगायतका क्षेत्रमा पारेको असर, क्षति र क्षतिपूर्तिको मागको विषयमा नेपालको ध्यान केन्द्रित रहने बुझिएको छ ।

करिब एक दशकदेखि राष्ट्रसङ्घीय महासभाको समाचार सम्प्रेषण गर्दै आएको एक सञ्चारकर्मीको अनुभवका आधारमा जलवायु परिवर्तनको प्रभाव, क्षतिपूर्ति, अत्यधिक कार्बन उत्सर्जन गर्ने देशहरुको भूमिका, तापक्रम वृद्धि, जलवायु न्याय, दिगो विकासलगायतका विषयलाई राष्ट्रसङ्घीय मञ्चहरुमा नेपालले उच्च प्राथमिकताका साथ विश्व समुदायमाझ आवाज उठाउँदै आएको देखिन्छ ।

जलवायु परिवर्तनको चपेटामा समग्र विश्व समुदाय पर्दै गएको, तापक्रम वृद्धि, समुद्रको सतह वृद्धिलगायतका समस्याले कैयौँ देश प्रभावित भइरहेको अवस्थामा विश्वको साझा समस्या सम्बोधन गर्न वार्षिकरुपमा आयोजना हुने यस महासभाले विश्वको ध्यान खिचेको छ ।

साथै विश्वका विभिन्न भूगोल तथा क्षेत्रमा जारी रहेका विविध किसिमका युद्धले मानव जीवनमा आर्थिक भौतिक र सामाजिक क्षति गहिरिँदै गएकाले पनि यस महासभामा यी विषयमा आवश्यक छलफल एवं परामर्श हुने अपेक्षा गरिएको छ । राष्ट्रसङ्घीय महासभा सञ्चालनसम्बन्धी कार्यसूचीअनुसार यसपटकको ८१ औँ ‘सेसन’को अध्यक्षता बङ्गलादेशका कूटनीतिज्ञ खालिलुर रहमानले गर्नुहुने छ ।

Post Views: 18

प्रकाशित: २०८३ भाद्र २३, मंगलवार ११:४७
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)
अझै ताजै छ ‘जेनजी’ आन्दोलनको घाउ (तस्बिरसहित)
ताजा अपडेट
  • १. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • २. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

  • ३. HONOR X7e मोवाईल नेपालमा सार्वजनिक

  • ४. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • ५. ९ स्थानीय तहमा राष्ट्रिय वाणिज्य बैंकको कृषि कर्जा योजना

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ३. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ४. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • ५. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.