• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

किमको कडा आणविक अडान

Nepalics
२०८२ चैत्र १०, मंगलवार १५:०९
Advertisement

उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने स्पष्ट सन्देश दिएको छ । देशका नेता किम जोङ उनले आणविक शक्तियुक्त राष्ट्रका रूपमा आफ्नो स्थिति ‘अपरिवर्तनीय’ रहेको घोषणा गर्दै दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिनुभएको छ ।

सर्वोच्च जनसभामा नीतिगत सम्बोधन गर्दै किमले शत्रु शक्तिविरुद्धको सङ्घर्षलाई अझ आक्रामक बनाउने बताउनुभयो । उहाँले संविधानले दिएको जिम्मेवारीअनुसार आत्मरक्षात्मक आणविक प्रतिरोधलाई अझ विस्तार र सुदृढ बनाइने स्पष्ट पार्नुभयो । उहाँका अनुसार उत्तर कोरिया अब आणविक शक्ति त्याग्ने दिशामा कहिल्यै जानेछैन । किमले अमेरिकाले इरानमाथि गरेको सैन्य कारबाहीलाई ‘राज्य आतङ्कवाद’ को उदाहरणका रूपमा उल्लेख गर्दै विश्वव्यापी रूपमा शक्ति प्रदर्शन गर्ने प्रवृत्तिको आलोचना गर्नुभयो ।

संयुक्त राज्य अमेरिका र इजरायलले भने इरानमाथिको आक्रमण आणविक हतियार विकास रोक्नका लागि भएको दाबी गर्दै आएका छन्, तर तेहरानले त्यस्तो आरोप अस्वीकार गर्दै आएको छ । वर्षौंको अन्तर्राष्ट्रिय प्रतिबन्ध र कूटनीतिक अलगावका बाबजुद उत्तर कोरियासँग दर्जनौँ आणविक हतियार र थप उत्पादन गर्न सक्ने सामग्री रहेको अनुमान गरिएको छ । यसले ठोस इन्धनयुक्त अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्रसहित उन्नत प्रक्षेपण प्रणाली विकास गरेको छ, जसले कम समयमै प्रहार गर्न सक्ने क्षमता राख्दछ । उत्तर कोरियाले हालसम्म छ वटा परमाणु परीक्षण गरिसकेको छ । हालै राज्य मामिला आयोगको प्रमुखका रूपमा पुनः नियुक्त भएपछि किमले दक्षिण कोरियाप्रति पनि कडा धारणा प्रस्तुत गर्नुभएको छ । उहाँले दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रु राष्ट्र’ घोषणा गर्दै पूर्ण रूपमा अस्वीकार र बेवास्ता गरिने बताउनुभयो । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले बिना पूर्वशर्त वार्ताको प्रस्ताव बारम्बार गरे पनि प्योङयाङले त्यसलाई बेवास्ता गरेको छ । किमले आफ्नो देशविरुद्ध हुने कुनै पनि कदमको ‘निर्दयी’ जवाफ दिइने चेतावनी दिँदै कुनै हिचकिचाहट नराखिने उल्लेख गर्नुभयो ।

उहाँका अभिव्यक्तिले कोरियाली प्रायद्वीपमा सुरक्षा चुनौती थप गहिरिने सङ्केत गरेको छ । कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका विश्लेषक होङ मिनका अनुसार किमको पछिल्लो अभिव्यक्ति हालैका अमेरिकी सैन्य गतिविधिप्रति गहिरो चिन्ता झल्काउने सङ्केत हो । उहाँले इरान र भेनेजुएलासँग सम्बन्धित घटनाहरूले उत्तर कोरियालाई आफ्नो आणविक कार्यक्रम अझ अघि बढाउन प्रेरित गरेको विश्लेषण गर्नुभयो । यसैबीच, वासिङ्टनले पछिल्ला महिनाहरूमा प्योङयाङसँग उच्चस्तरीय वार्ता पुनः सुरु गर्ने प्रयास गर्दै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच विशेषगरी बेइजिङ भ्रमणका सन्दर्भमा सम्भावित भेटवार्ताको चर्चा पनि चलिरहेको छ । किमले अमेरिकामाथि क्षेत्रीय सुरक्षालाई कमजोर बनाउने आरोप लगाउँदै आफ्नो देश वरपर आणविक रणनीतिक साधनहरूको तैनाथी बढाइएको बताउनुभयो । उहाँले विश्वभर अमेरिकाले ‘आक्रामकता र हस्तक्षेप’ गरिरहेको आरोप पनि लगाउनुभयो । राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा किमलाई औपचारिक पोशाकमा संसद्मा उपस्थित सांसदहरूको अभिवादन स्वीकार गर्दै गरेको देखाइएको छ ।

किम सन् १९४८ मा स्थापना भएको उत्तर कोरियाली शासनका तेस्रो पुस्ताका नेता हुनुहुन्छ र सन् २०११ देखि सत्तामा हुनुहुन्छ । आर्थिक पक्षमा किमले औद्योगिक उत्पादन १.५ गुणाले वृद्धि गर्ने लक्ष्य लिएको बताउनुभएको छ । उहाँका अनुसार पछिल्ला पाँच वर्षमा अर्थतन्त्रमा उल्लेखनीय प्रगति भएको छ र विभिन्न कठिनाइ पार गर्दै प्रमुख उद्योगहरूको पुनःसंरचना गरिएको छ । उहाँले आणविक कार्यक्रम कायम राख्दै पनि आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने दाबी गर्दै विरोधी शक्तिहरूको तर्कलाई खारेज गर्नुभयो । साथै सन् २०२६ मा कुल बजेटको १५.८ प्रतिशत रक्षा क्षेत्रमा खर्च गरिने जानकारी पनि दिनुभयो । यो अघिल्लो वर्षभन्दा केही बढी हो । यसरी किमको पछिल्लो अभिव्यक्तिले उत्तर कोरियाले आणविक नीतिमा कुनै नरमी नदेखाउने र क्षेत्रीय तथा विश्व सुरक्षा सन्तुलनमा थप तनाव सिर्जना गर्ने स्पष्ट सङ्केत दिएको छ ।

 

 

Post Views: 81

प्रकाशित: २०८२ चैत्र १०, मंगलवार १५:०९
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान
ताजा अपडेट
  • १. एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

  • २. भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी

  • ३. बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

  • ४. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • ५. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

चर्चित
  • १. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • २. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

  • ३. अफगानिस्तानमा पाकिस्तानी आक्रमण

  • ४. चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

  • ५. जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.