• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

९ स्थानीय तहमा राष्ट्रिय वाणिज्य बैंकको कृषि कर्जा योजना

Nepalics
२०८३ भाद्र २२, सोमबार १५:०२
Advertisement

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषले कृषि क्षेत्रमा कर्जा विस्तार गर्ने उद्देश्यले ऋणीगत (एकल) कृषि कर्जा सुरक्षण योजना सञ्चालन गर्ने भएका छन् ।

यससम्बन्धी समझदारीपत्रमा भदौ १८ गते कोषको टंगालस्थित कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र कोषका प्रमुख कार्यकारी अधिकृत डिला राम गिरीले हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार योजना काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका, जुम्लाका चन्दननाथ नगरपालिका, पातारासी र तातोपानी गाउँपालिका, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, बाजुराका बुढीगंगा, बुढीनन्दा र त्रिवेणी नगरपालिका तथा कैलालीको धनगढी उपमहानगरपालिकामा लागू हुनेछ ।

बैंकका अनुसार योजना दुई वर्षसम्म सञ्चालन हुनेछ । छनोट भएका प्रत्येक स्थानीय तहमा अधिकतम ८ करोड रुपैयाँसम्म कृषि कर्जा प्रवाह गर्ने व्यवस्था गरिएको छ । योजनाअन्तर्गत एक जना ऋणीले न्यूनतम २ लाख ५० हजारदेखि अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा लिन सक्नेछन् । कर्जाको भुक्तानी अवधि भने सात वर्षसम्मको हुनेछ ।

कृषि कर्जालाई सुरक्षण प्रदान गर्न कुल ३० करोड रुपैयाँको सुरक्षण कोष स्थापना गरिने भएको छ । उक्त कोषमा निक्षेप तथा कर्जा सुरक्षण कोषले १० करोड ५० लाख रुपैयाँ योगदान गर्नेछ । त्यस्तै, योजना लागू हुने नौ स्थानीय तहले प्रतितह ५० लाख रुपैयाँका दरले कुल ४ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउनेछन् ।

बाँकी १५ करोड रुपैयाँ संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोषमार्फत प्राप्त संयुक्त राष्ट्रसंघ दिगो विकास लक्ष्यसम्बन्धी संयुक्त कोषबाट जुटाइने बैंकले जनाएको छ ।

कृषि क्षेत्रमा कर्जाको पहुँच विस्तारसँगै स्थानीयस्तरमा उद्यमशीलता प्रवर्द्धन, उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र खाद्य सुरक्षामा योगदान पुग्ने अपेक्षा गरिएको छ । बैंकले यस्तो कार्यक्रमले कृषि क्षेत्रलाई थप व्यावसायिक बनाउँदै अर्थतन्त्रको दिगो र उत्थानशील विकासमा समेत सहयोग पुर्‍याउने जनाएको छ ।

कार्यक्रममा निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रबन्धक विक्रान्त आचार्य तथा राष्ट्रिय वाणिज्य बैंकको कृषि तथा सामाजिक बैंकिङ विभागका विभागीय प्रमुख विश्व प्रकाश ज्ञवाली, उपप्रबन्धक राजन घिमिरेलगायत कर्मचारीको उपस्थिति थियो ।

Post Views: 7

प्रकाशित: २०८३ भाद्र २२, सोमबार १५:०२
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)
अझै ताजै छ ‘जेनजी’ आन्दोलनको घाउ (तस्बिरसहित)
ताजा अपडेट
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. ९ स्थानीय तहमा राष्ट्रिय वाणिज्य बैंकको कृषि कर्जा योजना

  • ३. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ४. अझै ताजै छ ‘जेनजी’ आन्दोलनको घाउ (तस्बिरसहित)

  • ५. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ३. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ४. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • ५. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.