• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

अमेरिका – इरान युद्धविराम निर्णायक वार्ता पाकिस्तानमा

Nepalics
२०८२ चैत्र २५, बुधबार १२:५२
Advertisement

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले मध्यपूर्व युद्धविरामको घोषणा पछि यस हप्ताको अन्त्यमा पाकिस्तानले अमेरिका र इरानका प्रतिनिधिमण्डललाई इस्लामाबादमा स्वागत गर्ने बताउनु भएको छ । उहाँले दुवै देशको नेतृत्व प्रति कृतज्ञता व्यक्त गर्दै विवाद समाधानार्थ निर्णायक वार्ता गर्न सन् २०२६ अप्रिल –१० गते शुक्रबार इस्लामाबादमा उनीहरूको प्रतिनिधिमण्डललाई सामाजिक सञ्जाल एक्स मार्फत आमन्त्रित गर्नु भएको छ । पछिल्लो समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग घनिष्ठ सम्बन्ध बनाउदै छिमेकी इरानप्रति संवेदनशील रहेको पाकिस्तान हाल तेहरान र वासिङ्टनबिच मध्यस्थकर्ता रूपमा देखा परेको छ । पाकिस्तानी प्रधान मन्त्री सरिफले ’इस्लामाबाद वार्ता’ दिगो शान्ति प्राप्त गर्न सफल हुने विस्वास व्यक्त गर्नु भएको छ । तेहरान र वासिङ्टन दुवैले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानलाई नष्ट गर्ने समयसीमा समाप्त हुनु भन्दा एक घण्टा अघिमात्र दुई हप्ताको युद्धविरामका लागि सहमति भएको बताएका छन् । इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरे पछि युद्ध सुरु भएको थियो । फेब्रुअरी –२८ मा सर्वोच्च इरानी नेताको हत्या भएको थियो भने तेहरानबाट प्रतिक्रया स्वरुप खाडी राष्ट्रहरू र इजरायलमाथि जवाबी आक्रमणहरू भएको थियो । इरान समर्थित समूह हेजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान पनि द्वन्द्वमा तानिएको थियो । सरिफले लेबनानसहितका क्षैत्रमा युद्धविराम लागु भएको बताउनु भएको छ । यद्यपि इजरायलले त्यस क्षेत्रमा हेजबुल्लाह विरुद्ध कारबाही गरिरहेको जनाउदै यस क्षेत्रमा युद्धविराम लागू नभएको जिकिर गरेको छ । इरानका सबै पावर प्लान्ट र पुलहरू नष्ट गर्ने ट्रम्पको धम्कीलाई रोक्न पाकिस्तान लगायतका मध्यस्थकर्ताहरूको आह्वानमा अस्थायी युद्धविराम भएको जनाइएको छ । टर्की र इजिप्टले पनि हालैका दिनहरूमा मध्यस्थता गर्न मद्दत गरिरहेका थिए, भने चीनले इरानलाई वार्ताको टेबलमा ल्याउन मद्दत गरेको ट्रम्पलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

Post Views: 62

प्रकाशित: २०८२ चैत्र २५, बुधबार १२:५२
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान
ताजा अपडेट
  • १. एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

  • २. भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी

  • ३. बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

  • ४. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • ५. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

चर्चित
  • १. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • २. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

  • ३. अफगानिस्तानमा पाकिस्तानी आक्रमण

  • ४. चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

  • ५. जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.