• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel JournalismMatters FreePress FreedomOfExpression MediaFreedom ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth

शिक्षा क्षेत्रमा बजेट बढ्यो

Nepalics
२०८३ जेष्ठ १५, शुक्रबार १९:१३

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३ /८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रका लागि रु दुई खर्ब १८ अर्ब ३० करोड विनियोजन प्रस्ताव गर्नुभएको हो । यो रकम प्रस्तावित कुल बजेटको १० दशमलव २८ प्रतिशत देखिन्छ । चालु आर्थिक वर्षमा शिक्षा मन्त्रालयका लागि रु दुई खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएकामा अहिले शिक्षा क्षेत्रका लागि मात्रै रु सात खर्ब बजेट बढाइएको छ ।

चालु आर्थिक वर्षमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कायम थियो भने हाल शिक्षा तथा खेलकुद मन्त्रालयमा परिवर्तन भएको छ । आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रको विकासका लागि रु चार अर्ब तीन करोड अलग्गै विनियोजन गरिएको छ । बजेटमा वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालयअन्तर्गत अध्ययनको अवसर प्रदान गरिने भनिएको छ । हाल विश्वका विभिन्न मुलुकमा करिब १९ लाख नेपाली श्रमिक कार्यरत छन् । बजेटमा सरकारले गुणस्तरीय शिक्षाको प्रवद्र्धनका लागि मुलुकभरका सामुदायिक विद्यालयको पूर्वाधार आवश्यकताको ‘म्यापिङ’ गर्न रु एक अर्ब विनियोजन गरिएको छ । सरकारले देशभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकता पहिचान गर्न रु एक अर्ब विनियोजन गरेको जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक सत्र २०८३÷८४ देखि एमबिबिएसलगायत चिकित्सा शिक्षाका चार कार्यक्रम सञ्चालन गरिने घोषणा गरिएको छ । विद्यालय तहदेखि उच्च शिक्षासम्म लक्षित छात्रवृत्ति कार्यक्रमका लागि रु आठ अर्ब ६० करोड छुट्याइएको छ । सङ्गीत, कला तथा साहित्य अध्ययनलाई प्रवद्र्धन गर्ने नीतिअन्तर्गत त्रिपुरेश्वरस्थित महादेव मन्दिर परिसरमा गुठी रिसर्च इन्स्टिच्युट तथा एथ्नोम्युजिकोलोजी सेन्टर स्थापना गरिने जनाइएको छ ।

अर्थमन्त्री डा वाग्लेले अन्तरराष्ट्रियस्तरका विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न नीतिगत सहजीकरण गरिने तथा स्वदेशी र विदेशी प्राध्यापकबीच प्राज्ञिक आदानप्रदान कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । विश्वविद्यालयलाई शैक्षिक, प्रशासनिक तथा वित्तीय स्वायत्तता प्रदान गर्न कानुनी व्यवस्था गरिने पनि उहाँले बताउनुभयो । बजेट वक्तव्यमा वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालयमार्फत अध्ययनको अवसर दिने, कक्षा ५ देखि ८ सम्मका विद्यार्थी तथा शिक्षक आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने तथा मानव विकास सूचकाङ्कमा पछाडि परेका समुदायका लागि आवासीय विद्यालय सञ्चालन गर्ने योजना पनि समेटिएको छ । उक्त कार्यक्रम चितवनका चेपाङ समुदायबाट सुरु गरिने जनाइएको छ ।

सरकारले खेलकुदमा विशेष क्षमता भएका विद्यार्थीलाई विद्यालय तहदेखि छनोट गरी आवासीय सुविधासहित प्रशिक्षण दिने घोषणा गरेको छ । शिक्षामा अभिभावकीय सहयोग बढाउने, नवप्रवद्र्धन र सीप केन्द्रितमा लगानी बढाउने र विद्यालयमा सफा शौचालय अभियान सञ्चालन गर्ने, उच्चशिक्षासम्म लक्षित छात्रवृत्ति बढाउने, राष्ट्रिय योग्यता ढाँचा कार्यान्वयन गर्ने बजेटमा भनिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पाटनलाई विश्वविद्यालय बनाइने, बाल पोषण भत्ता दोब्बर वृद्धि गर्ने, अटिजम भएका बालबालिकाका लागि बेग्लै विद्यालय खोल्ने घोषणा गरिएको छ ।

Post Views: 16

प्रकाशित: २०८३ जेष्ठ १५, शुक्रबार १९:१३
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता
दरबार हत्याकाण्डको २५ वर्ष
पश्चिमी दबाबबीच भारत र म्यानमारबीच सहकार्य जारी
ताजा अपडेट
  • १. भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

  • २. सनवेमा एआई र बिजनेस इन्टेलिजेन्स लक्षित शैक्षिक कार्यक्रम शुरु

  • ३. दरबार हत्याकाण्डको २५ वर्ष

  • ४. पश्चिमी दबाबबीच भारत र म्यानमारबीच सहकार्य जारी

  • ५. सरकारी कामकाजमा स्थानीय भाषा प्रयोगको नीति कार्यान्वयनमा जोड

चर्चित
  • १. श्रीषा पाण्डेको ‘वायुदृष्टि’ राष्ट्रसंघद्वारा उत्कृष्ट विश्व नवप्रवर्तन घोषित

  • २. आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट

  • ३. कुवेतमा मिसाइल–ड्रोन हमला

  • ४. पश्चिमी दबाबबीच भारत र म्यानमारबीच सहकार्य जारी

  • ५. दक्षिण एसियामा भुटान पछि सवैभन्दा धेरै वन क्षेत्र नेपालमा

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.