• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

Nepalics
२०८३ श्रावण १२, मंगलवार ०९:३६
Advertisement

जापानमा घट्दो जन्मदरको चुनौती सामना गर्न टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको कृत्रिम बौद्धिकता (एआई) आधारित डेटिङ एपले उत्साहजनक नतिजा दिन थालेको छ। सन् २०२४ मा सुरु गरिएको ‘टोकियो एनमुसुबी’ एपमार्फत हालसम्म २६५ जोडी विवाह बन्धनमा बाँधिएका छन्।

विवाह गर्न इच्छुक धेरै नागरिक म्याचमेकिङ प्रक्रियामा सक्रिय नभएको सरकारी अध्ययनपछि उनीहरूलाई उपयुक्त जीवनसाथी खोज्न सहज बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको हो।

एपमा सहभागी हुन कानुनी रूपमा अविवाहित भएको प्रमाण पेश गर्नुपर्ने, अनलाइन अन्तर्वार्ता उत्तीर्ण गर्नुपर्ने लगायतका मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था छ। यसले विवाहप्रति गम्भीर उद्देश्य भएका व्यक्तिहरू मात्र सहभागी हुने वातावरण बनाएको सरकारी अधिकारीहरूको भनाइ छ।

यस वर्ष जुन ३० सम्म करिब ३६ हजार आवेदन परे पनि १६ हजार जनाले सदस्यता प्राप्त गरेका छन्। तीमध्ये ७६० जोडी गम्भीर प्रेम सम्बन्धमा रहेका छन् भने २६५ जोडीले विवाह गरिसकेका छन्।

एप प्रयोगकर्ताहरूका अनुसार एआईले रुचि, जीवनशैली र व्यक्तिगत प्राथमिकताका आधारमा सम्भावित जोडीसँगको अनुकूलता विश्लेषण गर्ने भएकाले सही निर्णय लिन सहज भएको छ।

यसैबीच, जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार सन् २०२५ मा जापानी नागरिकबाट जन्मिएका शिशुको संख्या घटेर ६ लाख ७१ हजार २३६ पुगेको छ, जुन लगातार दशौँ वर्षको गिरावट हो। प्रजनन दर १.१४ मा झरे पनि विवाहको संख्या भने केही बढेको मन्त्रालयले जनाएको छ।

Post Views: 32

प्रकाशित: २०८३ श्रावण १२, मंगलवार ०९:३६
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
सुनसरीमा सामाजिक सद्भाव कायम राख्ने निर्णय
ताजा अपडेट
  • १. प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

  • २. पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

  • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

  • ४. झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

  • ५. बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

चर्चित
  • १. एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

  • २. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

  • ३. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ४. आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

  • ५. राजमार्गमा बाढी–पहिरोको मार

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.