• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

Nepalics
२०८३ श्रावण ११, सोमबार १७:२९
Advertisement

भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै देशभर भएका प्रदर्शनका क्रममा पक्राउ परेका सबै प्रदर्शनकारीलाई रिहा गर्न सोमबार माग गरेको छ । परीक्षामा प्रश्नपत्र चुहावट तथा अन्य अनियमितताविरुद्ध प्रदर्शन गर्दै आएको अनलाइन समूह ‘कक्रोच जनता पार्टी’ (सीजेपी)ले असाम, पश्चिम बङगाल, बिहारलगायत राज्यमा विद्यार्थीलाई हिरासतमा राखिएको जानकारी प्राप्त भएको जनाएको छ ।

“पक्राउ परेकालाई रिहा नगर्नु वा उनीहरूमाथि लगाइएका आपराधिक मुद्दा फिर्ता नलिनु जनविश्वासको उल्लङ्घन हुनेछ,” समूहले विज्ञप्तिमार्फत जनाएको छ । उसले आफ्ना माग पूरा नभए थप आवश्यक कदम चाल्ने चेतावनीे दिएको छ । प्रतिस्पर्धात्मक परीक्षामा प्रश्नपत्र चुहावट र अन्य अनियमितता दोहोरिएको भन्दै विद्यार्थी तथा युवामा असन्तुष्टि बढिरहेका बेला शिक्षा मन्त्री प्रधानले राजीनामा दिनुभएको दुई दिनपछि आन्दोलनकारी समूहको उक्त माग आएको हो ।

प्रदर्शनकारीमाथि दण्डात्मक कारबाही नगर्ने आश्वासन अधिकारीले दिए पनि सरकारले आफ्नो प्रतिबद्धता पूरा नगरेको सीजेपीको आरोप छ । तीस वर्षीय जनसम्पर्क विषयका स्नातक अभिजित दिपकेले मे महिनामा सुरु गरेको उक्त आन्दोलनले सामाजिक सञ्जालमा ठूलो समर्थन पाएको जनाइएको छ । प्रधानको राजीनामा र परीक्षा प्रणालीमा व्यापक सुधारको माग गर्दै गत साता नयाँदिल्लीसहित विभिन्न सहरमा मुख्यतः विद्यार्थीको सहभागितामा प्रदर्शन भएका थिए ।

जुलाई २० मा नयाँदिल्लीमा भएको प्रदर्शनले उग्र रूप लिएको थियो । प्रदर्शनकारीले जन्तरमन्तरबाट संसद् भवनतर्फ अघि बढ्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार तथा लाठीचार्ज गरी भीडलाई तितरबितर गरेको थियो । त्यसक्रममा झडप हुनुका साथै धेरै प्रदर्शनकारीलाई हिरासतमा लिइएको थियो । सोमबार संसद्मा पनि उक्त विषयले प्रवेश पाएको थियो ।

विपक्षी सांसदले गत साता प्रदर्शनकारीमाथि भएको प्रहरी कारबाहीबारे सरकारसँग जवाफ माग्दै पटकपटक सदनको कामकारबाही अवरुद्ध गरेका थिए । अवरोधबीच सरकारले तल्लो सदनमा परीक्षाको प्रश्नपत्र चुहावटमा सङ्गलग्नलाई कडा सजायको व्यवस्था गर्ने विधेयक प्रस्तुत गरेको छ ।

Post Views: 1

प्रकाशित: २०८३ श्रावण ११, सोमबार १७:२९
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरीमा सामाजिक सद्भाव कायम राख्ने निर्णय
सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण
‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित
ताजा अपडेट
  • १. ‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

  • २. सुनसरीमा सामाजिक सद्भाव कायम राख्ने निर्णय

  • ३. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ४. ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

  • ५. राजमार्गमा बाढी–पहिरोको मार

चर्चित
  • १. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

  • २. ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

  • ३. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ४. आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

  • ५. राजमार्गमा बाढी–पहिरोको मार

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.