• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

नवग्रह मन्दिरको आय–व्यय पूर्ण रूपमा पारदर्शी रहेको व्यवस्थापन समितिको दाबी

Nepalics
२०८३ श्रावण १४, बिहीबार १४:२४
Advertisement

स्याङ्जा । नेपालकै पहिलो नवग्रह मन्दिर व्यवस्थापन समितिले मन्दिरको आय–व्यय, आर्थिक व्यवस्थापन र सञ्चालन प्रक्रियाबारे सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलाइएका भ्रामक र तथ्यहीन सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिको तर्फबाट अध्यक्ष भरतराज पोखरेल, सचिव लाल बहादुर क्षेत्री र कोषाध्यक्ष बन्दना ढकालले सामूहिक प्रेस विज्ञप्ति जारी गर्दै मन्दिरको सम्पूर्ण सञ्चालन पारदर्शिता, उत्तरदायित्व र सुशासनका आधारमा भइरहेको स्पष्ट पारेको हो ।

समितिका अनुसार आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण सम्पन्न भई सार्वजनिक भइसकेको छ भने आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण अन्तिम चरणमा रहेको र सम्पन्न भएपछि सार्वजनिक गरिनेछ। मन्दिरको आम्दानी–खर्च साप्ताहिक रूपमा अभिलेखीकरण हुने, मासिक विवरण सार्वजनिक सूचना बोर्डमा टाँसिने तथा दैनिक विवरण गाउँपालिकालाई नियमित रूपमा उपलब्ध गराइँदै आएको जनाएको छ।

समितिले मन्दिरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत हुने, प्रत्येक रकमको बिल, भर्पाई र लेखा अभिलेख सुरक्षित रहेको उल्लेख गर्दै आवश्यक परे सम्बन्धित निकायलाई सबै विवरण उपलब्ध गराउन सदैव तयार रहेको जनाएको छ। हालसम्म उठाइएका विभिन्न जिज्ञासाको आधिकारिक जवाफसमेत दिइसकिएको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, नवग्रह मन्दिर कुनै व्यक्ति, समूह वा राजनीतिक स्वार्थको विषय नभई सम्पूर्ण श्रद्धालुको साझा आस्थाको केन्द्र भएको उल्लेख गर्दै तथ्यहीन प्रचारप्रसारबाट मन्दिरको प्रतिष्ठामा आँच पुर्‍याउने कार्य नगर्न आग्रह गरिएको छ। समितिले स्थापना कालदेखि हालसम्म कसैलाई दान वा आर्थिक सहयोगका लागि दबाब नदिइएको, श्रद्धालुले स्वेच्छाले चढाएको भेटीबाट मन्दिर व्यवस्थापन, सरसफाइ तथा भौतिक पूर्वाधार निर्माणका काम सञ्चालन हुँदै आएको पनि स्पष्ट पारेको छ।

साथै, पञ्चकन्या मन्दिरको छुट्टै व्यवस्थापन समिति रहेको र त्यसको आय–व्यय पनि सोही समितिले सञ्चालन गर्ने जानकारी दिँदै नवग्रह मन्दिरमा दर्शन गर्न आउने सबै श्रद्धालुलाई सहज सेवा, निःशुल्क प्रसाद तथा भोजन वितरणको व्यवस्था आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिएको छ।

Post Views: 60

प्रकाशित: २०८३ श्रावण १४, बिहीबार १४:२४
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
ताजा अपडेट
  • १. नवग्रह मन्दिरको आय–व्यय पूर्ण रूपमा पारदर्शी रहेको व्यवस्थापन समितिको दाबी

  • २. नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने

  • ३. शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम

  • ४. राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शिष्टाचार भेट

  • ५. सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

चर्चित
  • १. एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

  • २. नवग्रह मन्दिरको आय–व्यय पूर्ण रूपमा पारदर्शी रहेको व्यवस्थापन समितिको दाबी

  • ३. एआई चिपको मागले सामसुङमा ऐतिहासिक उछाल : दोस्रो त्रैमासिक नाफा १९ गुणाले वृद्धि

  • ४. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ५. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.