• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

सरिफको बेइजिङ भ्रमण तय

Nepalics
२०८३ जेष्ठ ७, बिहीबार १६:१३
Advertisement

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ आगामी शनिबारदेखि मङ्गलबारसम्म चीनको राजधानी बेइजिङको औपचारिक भ्रमणमा जाने हुनुभएको छ । यो भ्रमणलाई क्षेत्रीय कूटनीति र मध्यपूर्वको जारी तनावबीच रणनीतिक छलफलका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । चीन र पाकिस्तान दुवै देशले हाल मध्यपूर्वमा जारी द्वन्द्वलाई मध्यस्थतामार्फत समाधान गर्ने प्रयासमा सक्रिय भूमिका खेल्दै आएका छन् । अमेरिका र इजरायली आक्रमणबाट उत्पन्न तनावपछि सुरु भएको युद्धविराम सम्झौताले केही समयका लागि शत्रुता रोकिएको भए पनि परिस्थिति अझै स्थिर हुन सकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै कूटनीतिक अवसरको समयसीमा सीमित हुँदै गएको चेतावनी दिनुभएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रधानमन्त्री सरिफको भ्रमणका क्रममा चीन र पाकिस्तानका शीर्ष नेतृत्वबीच द्विपक्षीय सम्बन्ध तथा साझा सरोकारका विषयमा गहिरो विचार–विमर्श हुने बताउनुभयो । उहाँका अनुसार दुवै पक्षले क्षेत्रीय स्थिरता र शान्तिसम्बन्धी मुद्दामा विशेष ध्यान दिनेछन् । प्रवक्ता गुओले चीनले मध्यपूर्वमा शान्ति र स्थायित्व पुनःस्थापना गर्न सकारात्मक योगदान दिन पाकिस्तानसँग सहकार्य जारी राख्ने स्पष्ट पार्नुभयो । उहाँका अनुसार चीनले युद्ध अन्त्य र शान्ति प्रवद्र्धनका लागि निष्पक्ष तथा सन्तुलित मध्यस्थताको भूमिकामा पाकिस्तानलाई समर्थन गरिरहेको छ । पछिल्लो समय पाकिस्तानले अमेरिका र इरानबीचको तनावमा पनि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने प्रयास गरिरहेको छ । गत महिना इस्लामाबादमा वार्ता आयोजना गर्दै पाकिस्तानले आफूलाई कूटनीतिक समन्वयको केन्द्रका रूपमा प्रस्तुत गरेको थियो । यसैबीच पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असीम मुनिर बिहीबार तेहरान भ्रमणमा जाने कार्यक्रम रहेको इरानी मिडियाले जनाएको छ । यो भ्रमणलाई पनि क्षेत्रीय सुरक्षा संवादको भागका रूपमा हेरिएको छ । चीनले भने मध्यपूर्व सङ्कटमा हालसम्म तुलनात्मक रूपमा कूटनीतिक भूमिका निर्वाह गर्दै आएको छ । फोन संवाद र सम्बन्धित खाडी देशका अधिकारीहरूसँगको बैठकमार्फत बेइजिङले संवादलाई निरन्तरता दिइरहेको छ । गत हप्ता बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको उच्चस्तरीय वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजलाई दिएको अन्तर्वार्तामा चीनले हर्मुज जलघाँटी खुला राख्न सहयोग गर्ने प्रस्ताव गरेको दाबी गर्नुभएको थियो । यो जलमार्ग युद्ध सुरु भएयता ऊर्जा आपूर्तिका लागि संवेदनशील विन्दु बनेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले यस महिनामा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारसँग टेलिफोन वार्ता गर्दै मध्यपूर्वमा कूटनीतिक प्रयास अझ बढाउन आग्रह गर्नुभएको थियो । उहाँका अनुसार क्षेत्रीय सङ्कट समाधानका लागि थप सक्रिय मध्यस्थता आवश्यक छ । पछिल्ला दुई सातामा बेइजिङले अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको समेत भ्रमण तथा संवादलाई स्वागत गरेको छ । यसलाई चीनको बढ्दो कूटनीतिक सक्रियताको सङ्केतका रूपमा विश्लेषण गरिएको छ ।

Post Views: 56

प्रकाशित: २०८३ जेष्ठ ७, बिहीबार १६:१३
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान
ताजा अपडेट
  • १. एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

  • २. भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी

  • ३. बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

  • ४. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • ५. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

चर्चित
  • १. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • २. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

  • ३. अफगानिस्तानमा पाकिस्तानी आक्रमण

  • ४. जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

  • ५. चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.