• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन

Nepalics
२०८३ जेष्ठ २१, बिहीबार १०:०९
Advertisement

काठमाडौँ महानगरपालिकाले ठमेल क्षेत्रभित्र रहेका मसाज सेन्टर र स्पाको अनुगमन गरेको छ । काठमाडौँ महानगरपालिका–२६ को मानव बेचबिखन तथा ओसारपसार समितिले अनाहत नेपाल, नेपाल प्रहरी, महानगर प्रहरीसहितको सहकार्यमा बुधबार ठमेल क्षेत्रमा हुने बाल यौन बेचबिखन र श्रम शोषणको अन्त्यका लागि अनुगमन गरेको हो ।

अनुगमनका क्रममा आचारसंहिता विपरीत मसाज तथा स्पा सेन्टर सञ्चालन, दर्ता नगरी स्पा तथा मसाज सेन्टर सञ्चालन गरेको पाइएको समितिका संयोजक शान्ता प्रजापतिले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका–२६ भित्र सञ्चालित होटेल, मसाज सेन्टर, स्पा, खाजाघर, लज तथा गेष्ट हाउसमा विभिन्न बहानामा १८ वर्षमुनिका बालिकालाई श्रममा लगाउने र यौन व्यवसायमा प्रयोग गर्ने गरिएको गुनासोलाई सम्बोधन गर्दै वडाले यस्तो कदम चालेको संयोजक प्रजापतिले बताउनुभयो ।

“अठार वर्षभन्दा मुनिका बालबालिकालाई कुनै पनि प्रकारको जोखिमपूर्ण काम, श्रम वा यौन व्यवसायमा लगाउनु नेपालको कानुन अनुसार अक्षम्य र दण्डनीय अपराध हो, यदि कसैले यस्तो कार्य गरेको पाइएमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन र बालश्रम (निषेध र नियमित गर्ने) ऐनबमोजिम कडा कानुनी कारबाही गरिनेछ,” उहाँले भन्नुभयो । काठमाडौँ महानगरपालिकाले ठमेल क्षेत्रभित्र सञ्चालित मसाज तथा स्पा सेन्टरमा नियमित चेकजाँच गर्ने जनाएको छ ।

काठमाडौँ महानगरपालिकाले व्यवसायमा कार्यरत कर्मचारीको उमेर खुल्ने आधिकारिक परिचयपत्र राख्नुपर्ने, प्रत्येक व्यावसायिक स्थलमा ‘बालश्रम र यौन शोषण निषेध’ सम्बन्धी जानकारीमूलक बोर्ड राख्नुपर्ने बताएको छ । संयोजक प्रजापतिले कतै बाल यौन बेचबिखन वा श्रम शोषण भइरहेको थाहा पाएमा तुरुन्त वडा कार्यालय वा नजिकैको प्रहरी चौकीमा खबर गर्न आग्रह गर्नुभयो ।

“हाम्रो वडालाई बालमैत्री र सुरक्षित बनाउनु हाम्रो प्रमुख दायित्व हो, बालबालिकाको भविष्यमाथि खेलबाड गर्ने जोकोहीलाई पनि छुट दिइने छैन,” उहाँले भन्नुभयो ।

Post Views: 44

प्रकाशित: २०८३ जेष्ठ २१, बिहीबार १०:०९
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह
पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले
ताजा अपडेट
  • १.

  • २. प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

  • ३. पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

  • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

  • ५. झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

चर्चित
  • १. एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

  • २. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

  • ३. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ४. ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

  • ५. प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.