• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel JournalismMatters FreePress FreedomOfExpression MediaFreedom ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth

यातायात सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

Nepalics
२०८३ जेष्ठ १३, बुधबार १५:५७

मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक पूर्वाधार, यातायात तथा सञ्चार क्षेत्रमा पछिल्ला वर्षमा लगानी विस्तारसँगै सडक सञ्जाल, रणनीतिक मार्ग तथा डिजिटल पहुँचमा उल्लेख्य प्रगति भएको देखिएको छ । आर्थिक सर्वेक्षण २०८२/८३ ले सडक निर्माण, राष्ट्रिय गौरवका आयोजना तथा सञ्चार पूर्वाधार विस्तारमा प्रगति भएको देखाएको छ । सर्वेक्षणअनुसार सङ्घीय सरकारबाट निर्मित कालोपत्रे सडकको घनत्व १३८.७ मिटरप्रति वर्ग किलोमिटर पुगेको छ । साथै डिजिटल टेलिभिजनको पहुँच ८२ प्रतिशत घरधुरीसम्म पुगेको छ भने मोबाइल टेलिफोन ग्राहकको घनत्व जनसङ्ख्याको १०३.२ प्रतिशत पुगेको छ । विसं २०८२ फागुनसम्म रणनीतिक तथा स्थानीय सडक सञ्जाल गरी कूल ३६ हजार ८०६ किलोमिटर सडक निर्माण भएको छ । यसमध्ये २० हजार ४५६ किलोमिटर कालोपत्रे, सात हजार ६०२ किलोमिटर ग्राभेल र आठ हजार ७४८ किलोमिटर कच्ची सडक रहेका छन् ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कूल सडक लम्बाइ ३६ हजार २२६ किलोमिटर रहेको थियो । आर्थिक वर्ष २०८१/८२ मा ३०१ किलोमिटर नयाँ कच्ची सडक निर्माण भएको थियो भने एक हजार २३५ किलोमिटर सडक कालोपत्रस्तरमा स्तरोन्नति गरिएको थियो । चालु आर्थिक वर्षको फागुनसम्म ७६ किलोमिटर नयाँ सडक निर्माण, ४१३ किलोमिटर सडक कालोपत्रे स्तरोन्नति तथा १०२ पुल निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय गौरवका आयोजनामा पनि उल्लेख्य प्रगति भएको छ । मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत एक हजार ८७९ किलोमिटर सडकमा एक हजार ५२९ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । त्यस्तै, १३७ पुलमध्ये ११४ पुल निर्माण सम्पन्न भएका छन् । हुलाकी लोकमार्गमा पनि निर्माण कार्यले गति लिएको छ । एक हजार ८५७ किलोमिटर सडक लम्बाइमध्ये एक हजार ३८१ किलोमिटर सडक कालोपत्रे भएको छ भने २५० पुलमध्ये १४३ पुल निर्माण सम्पन्न भएको छ ।

उत्तर–दक्षिण लोकमार्गअन्तर्गत कालीगण्डकी कोरिडोरमा २९२ किलोमिटर सडक कालोपत्रे भएको छ भने ३६ पुल निर्माण सम्पन्न भएका छन् । कर्णाली कोरिडोरमा सम्पूर्ण ट्रयाक निर्माण कार्य सम्पन्न भएको छ भने हालसम्म ४१.५ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ । कोशी कोरिडोरअन्तर्गत थप १४ किलोमिटर सडक कालोपत्रे तथा ११ पुल निर्माण सम्पन्न भएका छन् । मदन भण्डारी राजमार्गमा ७४० किलोमिटरमध्ये ३९५.५ किलोमिटर सडक कालोपत्रे भएको छ । ठूला सडक आयोजनामा नारायणघाट–बुटवल सडक खण्डअन्तर्गत ९५.५ किलोमिटर चार लेन सडक निर्माण सम्पन्न भएको छ ।

मुग्लिन–पोखरा सडकमा ७८.४ किलोमिटर चार लेन सडकमा पहिलो तहको कालोपत्रे सम्पन्न भएको छ । सुरुङमार्ग निर्माणतर्फ सिद्धबाबा सुरुङमार्गमा मुख्य सुरुङको एक हजार १२६ मिटर कङ्क्रिट लाइनिङको काम सम्पन्न भएको छ । नागढुङ्गा सुरुङमार्गमा टनेल संरचना निर्माण पूरा भइसकेको छ भने प्रकाश, भेन्टिलेसन, अग्नि नियन्त्रण र सूचना प्रणाली जडानसम्बन्धी काम पनि सम्पन्न भएको छ । काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा निर्माणाधीन सातवटै सुरुङको काम जारी रहेको छ । यस आयोजनाअन्तर्गत पुल निर्माणतर्फ पनि विभिन्न चरणका संरचना निर्माण भइरहेको आर्थिक सर्वेक्षणले जनाएको छ । यद्यपि, पूर्वाधार निर्माणको विस्तारसँगै सडकको गुणस्तर, समयमै सम्पन्न हुने अवस्था, सडक सुरक्षा तथा दीर्घकालीन दिगोपनामा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ ।

Post Views: 16

प्रकाशित: २०८३ जेष्ठ १३, बुधबार १५:५७
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता
सनवेमा एआई र बिजनेस इन्टेलिजेन्स लक्षित शैक्षिक कार्यक्रम शुरु
दरबार हत्याकाण्डको २५ वर्ष
ताजा अपडेट
  • १. भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

  • २. सनवेमा एआई र बिजनेस इन्टेलिजेन्स लक्षित शैक्षिक कार्यक्रम शुरु

  • ३. दरबार हत्याकाण्डको २५ वर्ष

  • ४. पश्चिमी दबाबबीच भारत र म्यानमारबीच सहकार्य जारी

  • ५. सरकारी कामकाजमा स्थानीय भाषा प्रयोगको नीति कार्यान्वयनमा जोड

चर्चित
  • १. श्रीषा पाण्डेको ‘वायुदृष्टि’ राष्ट्रसंघद्वारा उत्कृष्ट विश्व नवप्रवर्तन घोषित

  • २. आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट

  • ३. कुवेतमा मिसाइल–ड्रोन हमला

  • ४. पश्चिमी दबाबबीच भारत र म्यानमारबीच सहकार्य जारी

  • ५. दक्षिण एसियामा भुटान पछि सवैभन्दा धेरै वन क्षेत्र नेपालमा

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.