• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

नतिजा देखिने गरी कार्यसम्पादन गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन

Nepalics
२०८३ जेष्ठ २६, मंगलवार १२:५२
Advertisement

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय तथा मातहतका निकायमा कार्यसम्पादनका क्रममा देखिएका समस्या तत्काल समाधान गरी नतिजामुखी ढङ्गले काम गर्न निर्देशन दिनुभएको छ । सूचना तथा सञ्चार मन्त्रालयको चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडेक) बैठकलाई आज सम्बोधन गर्दै उहाँले समस्या र प्रश्नबाट भाग्ने प्रवृत्तिको अन्त्य गरी तिनको समाधानमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले मन्त्रालयभित्र के–कस्ता समस्या छन् ? ती कहाँबाट उत्पन्न भएका हुन् र तिनको गाँठो कसरी फुकाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । विगतमा भएका काम, त्यसबाट प्राप्त नतिजा र हाल देखिएका चुनौतीको समीक्षा गर्दै समाधानमुखी ढङ्गले अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

“जहाँ समस्या देखिन्छ, त्यसको जरासम्म पुगेर समयमै समाधान खोज्नुपर्छ”, उहाँले भन्नुभयो, “प्रश्न र समस्याबाट भाग्ने होइन, त्यसमाथि छलफल गरेर नतिजा देखिने गरी काम गर्नुपर्छ ।” विभिन्न योजना तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट अभाव भएको गुनासो आउने गरेको तर विनियोजन भएको बजेटसमेत अपेक्षाअनुसार खर्च हुन नसकेको उल्लेख गर्दै उहाँले त्यसको कारण पहिचान गर्न आवश्यक रहेको बताउनुभयो ।

अरु विषयगत मन्त्रालयहरुले अर्थ मन्त्रालयले पर्याप्त बजेट नदिएको गुनासो गर्ने तर प्राप्त बजेट खर्च गर्न नसक्ने अवस्थाले कार्यसम्पादनमा रहेका कमजोरी उजागर गरेको उहाँको भनाइ थियो । सरकारले चालु आर्थिक वर्षका लागि तय गरेका नीति, योजना र कार्यक्रम कार्यान्वयनमा

सबै निकायले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्रालय र मातहतका निकायका कर्मचारीले केवल नियमित जागिर खाने मानसिकताभन्दा माथि उठेर राष्ट्र निर्माणको अभियानमा योगदान दिनुपर्ने बताउनुहुँदै सञ्चारमन्त्री तिमिल्सिनाले राष्ट्रसेवक कर्मचारीले नागरिकको सेवकका रूपमा काम गर्नुपर्ने बताउनुभयो । सञ्चारमन्त्री डा तिमिल्सिनाले अन्तरनिकाय समन्वय र सहकार्यको अभावका कारण कतिपय कार्यक्रम प्रभावित भएको उल्लेख गर्नुभयो ।

सरकारले हुलाक सेवालाई आधुनिकीकरण गरी नागरिकको घरदैलोमै सेवा पु¥याउने लक्ष्यसहित काम गरिरहेको भए पनि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो । त्यस्तै, तथ्याङ्क व्यवस्थापन र अभिलेखीकरणमा समेत सुधार आवश्यक रहेको उल्लेख गर्दै उहाँले प्रत्येक कर्मचारी आफ्नो जिम्मेवारीप्रति उत्तरदायी हुनुपर्ने र माथिल्लो निकायले आवश्यक सहयोग तथा सहजीकरण गर्नुपर्ने बताउनुभयो । बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा सुदन झाले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई नागरिक सेवा केन्द्रित गर्न आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै वार्षिक योजना तथा कार्यक्रम कार्यान्वयनका लागि श्रोत साधन अभाव भन्दा पनि कर्मचारीको कार्य क्षमता अभाव मुख्य समस्या रहेको उहाँको भनाइ छ । बैठकमा मन्त्रालयको बजेट खर्च तथा योजना र कार्यक्रम कार्यान्वयनको अवस्थाबारे प्रस्तुति दिँदै मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटीले हालसम्मको खर्च अवस्था सन्तोषजनक नरहेको बताउनुभयो ।

उहाँका अनुसार चालु आवका लागि मन्त्रालयलाई रु सात अर्ब ९१ करोड ३२ लाख ५३ हजार बजेट विनियोजन गरिएकोमा वैशाख मसान्तसम्म रु चार अर्ब दुई करोड खर्च भएको छ, जुन कूल विनियोजनको ५० दशमलव ८८ प्रतिशत हो । त्यसैगरी चालुतर्फ रु पाँच अर्ब ९५ करोड १५ लाख विनियोजन भएकामा रु तीन अर्ब ७८ करोड ३७ लाख अर्थात् ६३ दशमलव ५८ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ रु एक अर्ब ९६ करोड १७ लाख विनियोजन गरिएकामा वैशाख मसान्तसम्म रु २४ करोड २८ लाख मात्र खर्च भएको छ, जुन वार्षिक विनियोजनको १२ दशमलव ३८ प्रतिशत बराबर हो । बैठकमा मन्त्रालय र मातहतका निकायका कार्यक्रम कार्यान्वयनमा देखिएका समस्या, बजेट खर्चको अवस्था तथा समाधानका उपायबारे छलफल गरिएको छ ।

Post Views: 26

प्रकाशित: २०८३ जेष्ठ २६, मंगलवार १२:५२
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)
अझै ताजै छ ‘जेनजी’ आन्दोलनको घाउ (तस्बिरसहित)
हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)
ताजा अपडेट
  • १. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • २. अझै ताजै छ ‘जेनजी’ आन्दोलनको घाउ (तस्बिरसहित)

  • ३. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ४. अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

  • ५. बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ३. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ४. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ५. क्यासिनोमा जुवा खेलाउने आठ जना पक्राउ

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.