• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी

Nepalics
२०८३ असार ४, बिहीबार ०९:४०
Advertisement

भोजपुरको पौवादुङमा गाउँपालिकाले ग्रामीण क्षेत्रका सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय रोजगार कार्यक्रममार्फत काम अघि बढाएको छ । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै विकास निर्माणका कामलाई तीव्रता दिने उद्देश्यसहित गाउँपालिकाका सबै वडामा कार्यक्रम सञ्चालन भइरहेको हो । गाउँपालिका रोजगार शाखाका संयोजक टेकबहादुर खड्काका अनुसार कार्यक्रमका लागि सङ्घीय सरकार रु ३१ लाख ७२ हजार र गाउँपालिकाबाट ३१ लाख ७२ हजार बजेट विनियोजन गरिएको छ ।

यसबाहेक कामदारका लागि आवश्यक औजार उपकरण, सुरक्षा सामग्री खरिद तथा ढुवानी व्यवस्थापन गर्न गाउँपालिकाले थप रु १८ लाख लगानी गरेको छ । कार्यक्रममार्फत गाउँपालिकाका सबै छ वडामा गरी ८५ जना स्थानीय नागरिकलाई १०० दिनसम्म रोजगारी प्रदान गरिएको छ । विशेषगरी रोजगारीको अभाव झेलिरहेका विपन्न तथा श्रमिक वर्गलाई लक्षित गरी काम दिइएको संयोजक खड्काले जानकारी दिनुभयो । “स्थानीयलाई आफ्नै ठाउँमा काम गर्ने अवसर सिर्जना गर्दै विकास निर्माणलाई गति दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो ।

यसरी काम गर्नेलाई दैनिक रु ७५४ प्रदान गरिने गरेको गाउँपालिकाले जनाएको छ । हालसम्म २५ किलोमिटर नाली निर्माण, पाँच किलोमिटर सडक सोलिङ, २० किलोमिटर क्षेत्रमा झाडी फाँड्ने तथा सरसफाइ गर्ने काम सम्पन्न भएको छ । यसैगरी १०० मिटर सिँढीसहितको पैदलमार्ग निर्माण गरिँदा दुर्गम बस्तीका नागरिकलाई आवतजावतमा सहजता पुगेको छ ।

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले कार्यक्रमले स्थानीय नागरिकको जीविकोपार्जनमा प्रत्यक्ष टेवा पु¥याउनुका साथै श्रममा आधारित विकासको अवधारणालाई व्यवहारमा उतार्न सहयोग पुगेको बताउनुभयो । यो कार्यक्रमले गाउँमै रोजगारको अवसर सिर्जना गर्ने वातावरण बनाएको उहाँले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले सडक पूर्वाधारलाई वर्षौंभरि सञ्चालनयोग्य बनाउने लक्ष्यसहित स्तरोन्नतिमा जोड दिइएको स्पष्ट पार्नुभयो । “पहिले वर्षायाममा अवरुद्ध हुने सडक अहिले क्रमशः सुधार हुँदै गएका छन्”, उहाँले भन्नुभयो, “स्थानीय श्रम प्रयोग गरेर निर्माण गरिँदा लागत पनि कम भएको छ ।

स्थानीयमा स्वामित्व भावना पनि बढेको छ ।” गाउँपालिका अध्यक्ष किरण राईले जनसहभागितामूलक विकासलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रममार्फत स्थानीयलाई प्रत्यक्ष रूपमा लाभान्वित गराउने नीति लिइएको बताउनुभयो । “हामी विकासलाई रोजगारीसँग जोडेर अघि बढिरहेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “यसले दिगो विकासका लागि आधार तयार गरिरहेको छ ।”

स्थानीयवासी ध्रुव राईले स्थानीयलाई आफ्नै ठाउँमा रोजगार बनेर केही आयआर्जन गर्ने अवसर मिलेको उहाँले बताउनुभयो । सडक स्तरोन्नतिसँगै दैनिक आवतजावत, कृषिउपज ढुवानी र सेवा प्रवाहमा सहजता भएको उहाँको भनाइ छ ।

गाउँपालिकाले आगामी दिनमासमेत यस्ता श्रममुखी तथा जनसहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिँदै ग्रामीण पूर्वाधारलाई थप सुदृढ बनाउने योजना बनाएको जनाएको छ । सडक सञ्जाललाई गुणस्तरीय र दिगो बनाउँदै आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाइएको गाउँपालिकाको भनाइ छ ।

Post Views: 43

प्रकाशित: २०८३ असार ४, बिहीबार ०९:४०
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)
अझै ताजै छ ‘जेनजी’ आन्दोलनको घाउ (तस्बिरसहित)
हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)
ताजा अपडेट
  • १. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • २. अझै ताजै छ ‘जेनजी’ आन्दोलनको घाउ (तस्बिरसहित)

  • ३. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ४. अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

  • ५. बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

चर्चित
  • १. प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

  • २. प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

  • ३. ‘रसुवाको बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह

  • ४. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ५. क्यासिनोमा जुवा खेलाउने आठ जना पक्राउ

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.