• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister kaptangunj SpeakTruth NepalMedia PressFreedomNepal IndependentMedia VoiceOfPeople DemocracyAndMedia

‘नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति’

नेपाल विकास
२०८० आश्विन १३, शनिबार १४:०८
Advertisement

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी शुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताउनु भएको छ । चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारमाझ परम्परागत ढङ्गले उत्तरी सीमा क्षेत्रमा स्थानीयरुपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा ल्याउन दुई देशबीच सहमति भएको जानकारी दिनुभयो ।

केही नाकालाई व्यवस्थित गर्नेबारेमा चीन सरकारले अनुदान उपलब्ध गराउने वचन दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । ‘वैधानिक ढङ्गले सबै नाका खोल्ने सहमति भएको छ । केही नाका अनुदानमा बनाइदिन्छौँ भन्ने सहमति भएको छ,’ उहाँले भन्नुभयो ।

यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारेमा पनि महत्त्वपूर्ण छलफल भएको उहाँले जानकारी दिनुभयो । आन्तरिकरुपमा पनि केही तयारी गर्नुपर्ने देखिएको उल्लेख गर्दै उहाँले चीनको छेन्दुबाट सहजै द्विपक्षीय उडान हुने बताउनुभयो । चीनका अन्य सहरबाट पनि आवश्यक प्रक्रिया पूरा गरेर हवाई उडानलाई नियमित गर्नेबारेमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

आफू देश बाहिर रहँदा कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षक, स्वास्थ्यकर्मीलगायतले राख्दै आएको गुनासो सम्बोधन गरेकामा प्रधानमन्त्री प्रचण्डले धन्यवाद दिनुभयो ।

Post Views: 425

प्रकाशित: २०८० आश्विन १३, शनिबार १४:०८
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कप्तानगञ्ज घटना: सरकार र पीडित पक्षबीच ७ बुँदे सम्झौता (पूर्णपाठ)
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शिष्टाचार भेट
ताजा अपडेट
  • १. कप्तानगञ्ज घटना: सरकार र पीडित पक्षबीच ७ बुँदे सम्झौता (पूर्णपाठ)

  • २. नवग्रह मन्दिरको आय–व्यय पूर्ण रूपमा पारदर्शी रहेको व्यवस्थापन समितिको दाबी

  • ३. नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने

  • ४. शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम

  • ५. राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शिष्टाचार भेट

चर्चित
  • १. नवग्रह मन्दिरको आय–व्यय पूर्ण रूपमा पारदर्शी रहेको व्यवस्थापन समितिको दाबी

  • २. एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

  • ३. एआई चिपको मागले सामसुङमा ऐतिहासिक उछाल : दोस्रो त्रैमासिक नाफा १९ गुणाले वृद्धि

  • ४. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ५. पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.