सुनसरीको कप्तानगञ्जमा दुई जना युवाको ज्यान गएको घटनामा पीडित पक्ष र सरकारबीच सम्झौता भएको छ।
प्रहरीको गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावक तथा नेपाल सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङबीच गएराति सम्झौता भएको हो।
सम्झौतापत्रमा गृहमन्त्री गुरुङ, ओमप्रकाशका अभिभावक कृष्णदेव मेहता र जयप्रकाशका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार दुवै मृतकको आज अन्तिम संस्कार गरिने भएको छ।


