• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

नेपाल विकास
२०८२ असार ३१, मंगलवार १६:००
Advertisement

नेपाल टेनिस संघले डेभिस कपको छनोट प्रकृया निष्पक्ष र पारदर्शी रहेको प्रष्ट पारेको छ । खेलाडी अभिषेक बास्तोलाको विषयमा उठेका प्रश्नको जवाफ दिदै संघले निष्पक्षता, पारदर्शीता र प्रर्दशनका आधारमा डेभिस कपमा नेपाली टिम छनोट गरिएको बताएको हो ।

सन् २०२४ को आईटीएफको शीर्ष २ हजारभित्र रहेकाले बास्तोला र नेपाल नम्बर एक प्रदीप खड्कालाई टिममा समावेश गरिएको उल्लेख गर्दै संघले सन् २०२५ मा अभिषेकले पर्याप्त आईटीएफमा प्रतिस्पर्धा नगरेकाले उनको वरियता घटेको र प्रत्यक्ष समावेशको मापदण्डमा नपरेको उल्लेख गरेको छ । त्यसपछि अभिषेकलाई वाइल्ड कार्डबाट छनोट खेलमा सहभागी हुने अवसर दिएपनि उनले गुआममा आयोजना आईटीएफको प्रो प्रतियोगितामा सहभागी हुने निर्णय गरेको संघको दाबी छ ।

‘संघले २०२५ अप्रिल २६ मा छनोट खेलको मिति सार्वजनीक गरिसकेको थियो र आईटीएफले तोकेको अन्तिम मनोनयन समयसीमा भएका कारण मिति परिवर्तन सम्भव थिएन ।’ टेनिस संघले बिज्ञप्तिमार्फत भनेको छ, ‘एक जना खेलाडीको व्यक्तिगत तालिकाका कारण अन्य सबै खेलाडीलाई असर पार्ने गरी मिति परिवर्तन गर्नु न्यायोचित हुने थिएन ।’

‘अभिषेक बास्तोलाले यो निर्णयबाट असन्तुष्ट हुनु स्वभाविक भएपनि नेपाल टेनिस संघले स्थापित नियमअनुसार पारदर्शी ढंगले निर्णय गरेको थियो । जुन हामी दृढतापूर्वक दोहोर्याउँछौं ।’ संघले भनेको छ ।

अभिषेकले संघविरुद्ध सामाजिक सञ्जालमा गलत आरोप लगाउने बाटो रोजेको उल्लेख गर्दै संघले आफुहरु सधै निष्पक्ष, पारदर्शी र योग्यता आधारित चयन प्रक्रिया अपनाउने प्रतिबद्धता सहित अगाडि बढ्ने बताएको छ ।

Post Views: 177

प्रकाशित: २०८२ असार ३१, मंगलवार १६:००
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य
भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग
राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै
ताजा अपडेट
  • १. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • २. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ३. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.