• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन आईटी मेला

नेपाल विकास
२०८२ श्रावण ४, आईतवार १५:१९
Advertisement
मेलामा सहभागिता जनाउँदै विद्यार्थीहरु

साउन ४ काठमाडौं ।
सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड इकमर्सले आयोजना गरेको सूचना प्रविधि प्रदर्शनी भव्य रुपमा सम्पन्न भएको छ । ‘लिउँ अवसर बढाउँ क्षमता ’ भन्ने नाराका साथ सञ्चालन गरिएको सो प्रदर्शनीमा विद्यार्थीहरूले विकास गरेका सफ्टवेयर, एआई आधारित उपकरण, साइबर सुरक्षा सम्बन्धी प्रणाली लगायतका सिर्जनात्मक आविष्कारहरू प्रस्तुत गरिएको थियो ।

सप्ताहव्यापी प्रदर्शनीको दौरानमा विद्यार्थी, अभिभावक, शिक्षक तथा सूचना प्रविधिमा रुचि राख्ने विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । प्रदर्शनीमा कलेजका विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (ए आइ) मा आधारित सीसी क्यामेरा, ह्याकिङबाट बच्ने सुरक्षात्मक प्रणाली, आपतकालिन अवस्थाका लागि प्रयोग गर्न सकिने ड्रोन, शैक्षिक व्यवस्थापन प्रणाली जस्ता व्यावहारिक र नविनतम प्रविधिको सफल प्रदर्शन गरेका थिए ।

विद्यार्थीहरूले निर्माण गरेको ‘एआई सीसी क्यामेरा ‘सिस्टम’प्रति अभिभावकहरू एवं अवलोकनकर्ताहरुको गहिरो चासो देखिएको कलेका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिनुभयो । उक्त प्रविधिले अनुहार पहिचान, गतिविधि विश्लेषण, र सन्देहास्पद गतिविधि भएको खण्डमा स्वचालित रूपमा सूचना दिन सक्ने क्षमता राख्दछ ।

अध्यक्ष श्रेष्ठका अनुसार सुरक्षाका दृष्टिले उक्त सिस्टमले औद्योगिक तथा व्यवसायिक क्षेत्रमा उच्च सम्भावना बोकेको छ । उहाँले भन्नुभयो, “हामीकहाँ विद्यार्थीले शैक्षिक ज्ञानलाई व्यवहारिक प्रयोगमा कसरी रुपान्तरण गर्न सक्छन् भन्ने कुराको जीवन्त उदाहरण यो प्रदर्शनीले देखाएको छ ।”

अवलोकनकर्ताहरुले विद्यार्थीहरुमा रहेको नवप्रवर्तनशील सोच र प्राविधिक कौशल अव्बल रहेको बताएका थिए । कार्यक्रममा सहभागी अभिभावकहरूले कलेजले विद्यार्थीको सिर्जनात्मक पक्षलाई अघि ल्याउने प्रयासको प्रशंसा गर्दै यस्ता प्रदर्शनीले विद्यार्थीलाई आत्मविश्वासी र व्यवसायिक रूपमा सक्षम बनाउने विश्वास व्यक्त गरे ।

सूचना प्रविधिको क्षेत्रमा परिचित सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड इकमर्सले हरेक वर्ष यस्ता सिर्जनात्मक गतिविधिको माध्यमबाट विद्यार्थीलाई नयाँ खोज र प्रयोगमा प्रेरित गर्दै आएको छ । यो प्रदर्शनीले पनि नेपालको आईटी शिक्षामा निहित क्षमतालाई उजागर गर्दै देशभित्रै नवप्रवर्तन गर्न सकिने सम्भावनालाई बलियो बनाएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

 

Post Views: 173

प्रकाशित: २०८२ श्रावण ४, आईतवार १५:१९
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग
एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य
भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग
ताजा अपडेट
  • १. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • २. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ३. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.