• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

वैदेशिक रोजगारीबाट फर्किएका र स्थानीय युवाहरुलाई लक्षित गरी कार्यशाला गोष्ठि

नेपाल विकास
२०८२ श्रावण ९, शुक्रबार १७:१३
Advertisement

वैदेशिक रोजगारीबाट फर्किएका र स्थानीय युवाहरुलाई लक्षित गरी सार्वजनिक रोजगार सेवालाई प्रभावकारी बनाउन तथा निजी क्षेक्रको सत्रिय संलग्नता बढाउने उद्देश्य राखी एक दिवसीय कार्यशाला सम्पन्न भएको छ ।
रुपन्देही चेम्बर अफ कमर्स, अन्तराष्ट्रिय श्रम संगठन आईएलओ र सरकारको समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको रोजगार सेवा केन्द्र , निजी क्षेत्रका प्रतिनिधिहरू, उद्योग व्यवसायीहरू, श्रमिक संघसंस्थाका प्रतिनिधिहरू तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा सार्वजनिक रोजगार सेवाको पहुँच विस्तार, गुणस्तरीयता अभिवृद्धि, युवालाई लक्षित रोजगारीको अवसर, निजी क्षेत्रसँगको सहकार्य तथा श्रम बजार सुदृढीकरणका विविध पक्षहरूमा व्यापक छलफल गरिएको थियो ।
कार्यक्रममा निजी क्षेत्र, विशेषगरी उत्पादन, पर्यटन, उद्यमशीलता, कृषि, निर्माण, शिक्षा, सेवा क्षेत्र लगायतका उद्योग व्यवसायका प्रतिनिधिहरूले आफ्ना अनुभव तथा दृष्टिकोण साझा गरेका थिए । उनीहरूले श्रमिकको आपूर्ति, दक्ष जनशक्ति व्यवस्थापन, रोजगारी सिर्जना, तालिम, लगानीमैत्री नीति निर्माण, आत्मनिर्भरता अभिवृद्धि र समन्वययुक्त प्रणाली आवश्यक रहेको धारणा राखे।
लुम्वीनी चेम्बर अफ कमर्सका अध्यक्ष टंक पसाद पोख्रेलले वर्तमान श्रम बजारका चुनौतीहरू समाधान गर्न निजी क्षेत्रको संलग्नता अत्यावश्यक रहेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर सृजना गर्न सार्वजनिक–निजी साझेदारीलाई बलियो बनाउनेतर्फ सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा आईएलओका प्रतिनिधिहरूले रोजगार सेवा केन्द्रलाई अझ प्रभावकारी बनाउने रणनीतिहरू, स्थानीय तहको भूमिकाको महत्व, संस्थागत क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका थिए ।
कार्यशालामा सार्वजनिक रोजगार सेवा सुदृढीकरणका लागि निजी क्षेत्रको अभिप्राय, संरचनागत सुधार, नीति निर्माणमा सरोकारवालाको सहभागिता, रोजगारको गुणस्तर र पहुाच विस्तार गर्ने उपायहरूबारे समूहगत छलफलसमेत गरिएको थियो। सहभागीहरूको सुझmाव तथा निष्कर्षहरूलाई आगामी कार्यक्रम र नीतिमा समेटिने जानकारी आयोजकले दिएको छ ।
कार्यत्रमले नेपालमा रोजगार सेवा प्रणाली सुदृढ गर्न, रोजगारीको दिगोपन सुनिश्चित गर्न र स्वदेशमै श्रमशक्तिको सदुपयोग गर्न निजी क्षेत्र र सरकारबीचको सहकार्यलाई नयाा दिशा दिने अपेक्षा गरिएको छ।

 

Post Views: 273

प्रकाशित: २०८२ श्रावण ९, शुक्रबार १७:१३
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन
नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध
ताजा अपडेट
  • १. प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

  • २. पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

  • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

  • ४. झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

  • ५. बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

चर्चित
  • १. एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

  • २. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

  • ३. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ४. आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

  • ५. राजमार्गमा बाढी–पहिरोको मार

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.