• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

फेसअफ मारवाडी, ५१ उत्कृष्ट बालबालिकालाई प्रोत्साहन

Nepalics
२०८२ पुष २७, आईतवार १३:५५
Advertisement

मारवाडी सेवा समिति नेपाल स्थापनाको ७३औँ वर्ष प्रवेशको अवसरमा मारवाडी युवा मञ्च, काठमाडौँको आयोजनामा तथा पेज–३ को सहकार्यमा फेस अफ मारवाडी किड्स २०२६  प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। मारवाडी समुदायका बालबालिकाको अन्तर्निहित प्रतिभा पहिचान, आत्मविश्वास अभिवृद्धि तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले उल्लेख्य प्रशंसा पाएको छ।

सामाजिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय मारवाडी युवा मञ्च, काठमाडौँले समुदायका भावी पुस्तालाई सक्षम, आत्मनिर्भर र जिम्मेवार नागरिकका रूपमा विकास गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरेको जनाएको छ। प्रतियोगितामार्फत बालबालिकाको प्रस्तुति कला, अनुशासन, आत्मअभिव्यक्ति र नेतृत्व क्षमता उजागर गरिएको आयोजकको भनाइ छ।

प्रतियोगिताको ग्राण्ड फाइनल २०८२ साल पौष २६ गते शनिबार काठमाडौँको सोल्टी मोडस्थित होटल हयात सेन्ट्रिकमा सम्पन्न भएको थियो। विभिन्न चरण पार गरेका सहभागी बालबालिकालाई निर्णायक मण्डलले निष्पक्ष रूपमा मूल्याङ्कन गरी विजेता घोषणा गरेको थियो। विजेतालाई ट्रफी तथा आकर्षक पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले यस्ता कार्यक्रमहरू भविष्यका सक्षम जनशक्ति र व्यवसायी उत्पादनमा प्रेरणादायी हुने बताए। उनले आगामी पुस्तालाई साथ लिएर अघि बढ्न सके देशको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।

मारवाडी युवा मञ्च, काठमाडौँका अध्यक्ष प्रकाश कुमार केजरीवालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहभागी बालबालिका, अभिभावक, अतिथि तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले बालबालिकाको आत्मविश्वास र मनोबल बढाउने बताए।

विजेताहरू

मिस्टर मिनी फेस अफ मारवाडी
विजेता :  मितांश अग्रवाल
प्रथम उपविजेता : वेदांश गर्ग
द्वितीय उपविजेता : गर्वित खेतान

मिस मिनी फेस अफ मारवाडी
विजेता : काश्वी जोशी
प्रथम उपविजेता : रिधिमा चाचन
द्वितीय उपविजेता : अंशिका चौधरी

मिस लिटल फेस अफ मारवाडी
विजेता :  देवांशी चाचन
प्रथम उपविजेता :  वेदांशी गुप्ता
द्वितीय उपविजेता : देवांशी जोधाणी

प्रिन्स फेस अफ मारवाडी
विजेता :  निर्विक अग्रवाल
प्रथम उपविजेता : सार्थ अग्रवाल
द्वितीय उपविजेता : लक्ष्य शर्मा

प्रिन्सेस फेस अफ मारवाडी
विजेता : धनी अग्रवाल
प्रथम उपविजेता : आलिया तिब्रेवाल
द्वितीय उपविजेता :  काव्या चौधरी

सबै पाँच विधा समेटेर ‘सर्वाधिक लोकप्रिय’
तेजस अग्रवाल, काश्वी जोशी, देवांशी जोधाणी, परिधि अग्रवाल र निर्विक अग्रवाल

Post Views: 246

प्रकाशित: २०८२ पुष २७, आईतवार १३:५५
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान
ताजा अपडेट
  • १. एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

  • २. भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी

  • ३. बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

  • ४. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • ५. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

चर्चित
  • १. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • २. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

  • ३. अफगानिस्तानमा पाकिस्तानी आक्रमण

  • ४. चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

  • ५. जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.