• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

सफ्टवेरिका कलेजबाट आइटीका ४ सय विद्यार्थी दीक्षित

Nepalics
२०८२ माघ २०, मंगलवार १४:४१
Advertisement

नेपालको उच्च शिक्षामा आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्सबाट यो वर्ष ४ सय विद्यार्थी दीक्षित भएका छन् । बेलायतको प्रख्यात कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सफ्टवेरिका कलेजबाट स्नातकोत्तर तर्फ एमएससी डाटा साइन्स एण्ड कम्प्युटेशनल इन्टिलिजेन्स, स्नातक तह अन्तर्गत विएससी कम्प्युटिङ र विएससी इथिकल ह्याकिङ एण्ड साइबर सेक्युरिटीका विद्यार्थीहरू दीक्षित भएका हुन ।
सूचना प्रविधिको विकाससँगै बजारमा विद्यमान उच्च माग र आवश्यकतालाई सम्बोधन गर्ने गरी सफ्टवेरिकाले प्रत्येक वर्ष आइटीमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ ।
बेलायतको कोभेन्ट्री विश्वविद्यालयको प्रत्यक्ष सम्बन्धन रहेको सफ्टवेरिकाबाट स्नातक र स्नातकोत्तरमा अत्याधुनिक प्रविधि सहित इथिकल ह्याकिङ र डाटा साइन्समा विद्यार्थीहरूले विशेष दखल प्राप्त गरेका छन् ।
अध्ययनका क्रममा इन्टर्नसिप र शतप्रतिशत जब प्लेसमेन्ट सहायता पनि उपलब्ध गराउँदै आएको संस्थाका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिनुभयो ।
दीक्षान्त समारोहमा कोभेन्ट्री विश्वविद्यालयकी एकेडेमी प्रो भाइस चान्सलर ज्यास्मिन सामरा र कलेज अफ इन्जिनियरिङ, साइन्स एण्ड इन्भाईरोमेन्टकी प्रमुख डा. रेवेका बट्लरले दीक्षित विद्यार्थीलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
दीक्षान्त समारोहमा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपाल लगायत विश्व बजारमा आइटी जनशक्तिको माग उच्च रहेको बताउनुभयो । दीक्षित भएका विद्यार्थीले नेपाली औद्योगिक र व्यावसायिक क्षेत्रलाई डिजिटलाईज्ड गर्न महत्त्वपूर्ण सहयोग गर्ने बताउनुभयो । नेपालको आइटी जनशक्तिले अन्तर्राष्ट्रिय आइटी कम्पनीहरुमा व्याकअपका रूपमा काम गर्न सक्ने अवसर रहेको मल्लले बताउनुभयो ।
सफ्टवेरिका कलेजका क्याम्पस प्रमुख प्रमोद पौडेलले विद्यार्थीको सफलताको प्रमुख आधार व्यवहारिक सिकाई रहेको र अध्ययन पुरा हुनु अगावै प्रतिष्ठित कम्पनीहरूमा रोजगारी सुरक्षित गर्न सफल भएको बताउनुभयो ।

Post Views: 191

प्रकाशित: २०८२ माघ २०, मंगलवार १४:४१
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग
एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य
भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग
ताजा अपडेट
  • १. बाढीपीडितको पीडामा मलम लगाउँदैं युवा अभियान्ता बानियाँ

  • २. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • ३. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ४. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ५. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ४. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.