• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

प्याब्सन र डिजी होल्डिङ ग्रुपबीच डिजिटल साक्षरतामा सहकार्य जारी

Nepalics
२०८२ फाल्गुन १४, बिहीबार १०:४४
Advertisement

निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सन र डिजिटल प्रविधि क्षेत्रमा अग्रणी डिजी होल्डिङ ग्रुपबीच डिजिटल साक्षरता अभियानका लागि तीन वर्षे रणनीतिक साझेदारी सम्झौता नवीकरण गरिएको छ । यो सहकार्यले निजी तथा आवासीय विद्यालयहरुमा डिजिटल रुपान्तरणलाई संस्थागत र दिगो बनाउने महत्वपूर्ण कदमका रुपमा हेरिएको छ ।
सम्झौता अनुसार डिजी होल्डिङ गु्रपले आफ्नो शैक्षिक प्रविधिलाई प्याब्सन डिजिटल इकोसिस्टम पीडीइको विकास, स्तरोन्नतिमा सहयोग गर्नेछ ।
प्याब्सन डिजिटल इकोसिस्टम पीडीइले विद्यालय प्रशासन, शैक्षिक व्यवस्थापन तथा सञ्चार प्रणालीलाई एउटै डिजिटल संरचनामा एकीकृत गर्ने लक्ष्य लिएको छ ।
प्याब्सनसंग भएको सहमति अनुसार वेब–आधारित प्रणाली, एन्ड्रोइड तथा आईओएस मोबाइल एप्लिकेशन, परीक्षा व्यवस्थापन प्रणाली, विद्यार्थी तथा विद्यालय दर्ता प्रणाली, शिक्षक–अभिभावक–विद्यालयबीचको सञ्चार संयन्त्र, इभेन्ट व्यवस्थापन प्रणाली तथा डिजिटल भुक्तानी एकीकरणजस्ता विषयहरु समावेश गरिएका छन ।
यसले विद्यालयको दैनिक प्रशासनिक कार्यदेखि शैक्षिक मूल्याङ्कन र वित्तीय व्यवस्थापन सम्मलाई डिजिटल माध्यमबाट सरल, छरितो र पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।
सम्झौता अनुसार प्याब्सनले आफ्ना केन्द्रीय, प्रादेशिक, जिल्ला तथा स्थानीय तहका समितिहरुमा पीडीई प्रणालीको कार्यान्वयनलाई प्राथमिकतामा राख्नेछ । साथै प्याब्सन अन्तर्गत आबद्ध सदस्य विद्यालयहरूमा उक्त प्रणालीको प्रयोगलाई प्रवद्र्धन गर्दै, डिजिटल व्यवस्थापनलाई क्रमशः अनिवार्य अभ्यासको रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।
शिक्षामा डिजिटल प्रविधिको बढ्दो आवश्यकता, प्रविधिमैत्री शिक्षा प्रणालीको महत्व र डिजिटल साक्षरताले भविष्यका पुस्तालाई कसरी सक्षम बनाउँछ भन्ने विषयमा जोड दिइएको डिजी गु्रपका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिनुभयो ।
डिजिटल प्रणालीले विद्यालय प्रशासनलाई सहज बनाउनुका साथै शिक्षकलाई आधुनिक शिक्षण विधि अपनाउन र विद्यार्थीलाई प्रविधिसँग जिम्मेवार र सिर्जनात्मक रुपमा जोड्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
डिजिटल रुपान्तरण अब विकल्प नभई आवश्यकता बनिसकेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले विद्यालय तहदेखि नै सुरक्षित, जिम्मेवार र प्रभावकारी डिजिटल अभ्यासको विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नविकरण गरिएको सम्झौताअनुसार डिजी गु्रपले आवश्यक प्राविधिक पूर्वाधार, सफ्टवेयर विकास तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ भने प्याब्सनले आधिकारिक समर्थन, संस्थागत सहकार्य र आफ्नो विस्तृत सञ्जालमार्फत बजार पहुँच प्रदान गर्नेछ ।
प्याब्सन र डिजी ग्रुपबीच भएको साझेदारीले नेपालभरका निजी तथा आवासीय विद्यालयहरुमा डिजिटल साक्षरता, शैक्षिक प्रशासनको आधुनिकीकरण, परीक्षा प्रणालीको विश्वसनीयता, प्रभावकारी सञ्चार तथा डिजिटल वित्तीय व्यवस्थापनलाई नयाँ उचाइमा पु¥याउने विश्वास लिइएको छ ।

Post Views: 61

प्रकाशित: २०८२ फाल्गुन १४, बिहीबार १०:४४
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
एआई डेटिङ एपबाट २६५ जोडीको विवाह
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन
ताजा अपडेट
  • १. प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

  • २. पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

  • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

  • ४. झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

  • ५. बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

चर्चित
  • १. एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

  • २. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

  • ३. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ४. आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

  • ५. राजमार्गमा बाढी–पहिरोको मार

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.