• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

२६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा आयात

Nepalics
२०८३ बैशाख १६, बुधबार १२:२०
Advertisement

चालु आर्थिक वर्षको पहिलो नौ महिनामा वीरगन्ज नाका हुँदै रु २६ अर्ब १३ करोड बराबरका सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु ६ अर्ब ९४ करोड अर्थात् ३६.१९ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको पहिलो नौ महिनामा वीरगन्ज नाका हुँदै रु १९ अर्ब १९ करोड बराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका थिए।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवमा सवारीसाधन तथा पार्टपुर्जाको आयात उल्लेखनीय रूपमा बढेको छ। यस अवधिमा सवारीसाधन तथा पार्टपुर्जाबाट मात्रै रु १८ अर्ब २२ करोड राजस्व सङ्कलन भएको छ, जुन गत वर्षको सोही अवधिको रु १४ अर्ब ८४ करोड भन्दा उल्लेख्य बढी हो।

चालु आवको नौ महिनामा रु ६ अर्ब ४२ करोड मूल्यका ४५ हजार ६२० वटा मोटरसाइकल (अन एसेम्बल्ड) आयात भएका छन्। गत वर्षको सोही अवधिमा रु ४ अर्ब ६७ करोड मूल्यका ३५ हजार ७९९ वटा मोटरसाइकल आयात भएका थिए।

यस अवधिमा रु २ अर्ब ४ करोड मूल्यका २१ हजार ६३९ वटा ट्याक्टर तथा टिलर आयात भएका छन्। गत वर्षको सोही अवधिमा भने रु १ अर्ब ३५ करोड मूल्यका १३ हजार ८६१ वटा मात्रै आयात भएका थिए।

इन्धनबाट चल्ने जीप, कार र भ्यानको आयात भने घटेको छ। चालु आवको नौ महिनामा रु १ अर्ब १७ करोड मूल्यका ५९१ वटा यस्ता सवारी आयात भएका छन्। गत वर्षको सोही अवधिमा रु १ अर्ब ६६ करोड मूल्यका ८०५ वटा आयात भएका थिए।

विद्युतीय सवारीसाधन (EV) आयातमा भने उल्लेखनीय वृद्धि देखिएको छ। चालु आवको नौ महिनामा रु २ अर्ब ९८ करोड मूल्यका विद्युतीय सवारीसाधन आयात भएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा १०२ प्रतिशतले बढी हो।

गत वर्ष सोही अवधिमा रु १ अर्ब ४८ करोड बराबरका विद्युतीय सवारीसाधन आयात भएका थिए।

त्यसमध्ये रु १ अर्ब ४६ करोड मूल्यका ४९३ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन्। गत वर्ष सोही अवधिमा रु ४८ करोड मूल्यका १७२ वटा मात्रै विद्युतीय जीप, कार र भ्यान आयात भएका थिए।

भन्सार तथ्यांकले नेपालमा विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण तीव्र रूपमा बढिरहेको संकेत गरेको छ। इन्धनचालित सवारीको आयात घट्दै जाँदा EV आयातमा भएको दोब्बर वृद्धि बजारको बदलिँदो प्रवृत्तिको संकेतका रूपमा हेरिएको छ।

Post Views: 24

प्रकाशित: २०८३ बैशाख १६, बुधबार १२:२०
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शिष्टाचार भेट
एआई चिपको मागले सामसुङमा ऐतिहासिक उछाल : दोस्रो त्रैमासिक नाफा १९ गुणाले वृद्धि
ताजा अपडेट
  • १. नवग्रह मन्दिरको आय–व्यय पूर्ण रूपमा पारदर्शी रहेको व्यवस्थापन समितिको दाबी

  • २. नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने

  • ३. शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम

  • ४. राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शिष्टाचार भेट

  • ५. सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

चर्चित
  • १. नवग्रह मन्दिरको आय–व्यय पूर्ण रूपमा पारदर्शी रहेको व्यवस्थापन समितिको दाबी

  • २. एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

  • ३. एआई चिपको मागले सामसुङमा ऐतिहासिक उछाल : दोस्रो त्रैमासिक नाफा १९ गुणाले वृद्धि

  • ४. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ५. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.