तनहुँ । तनहुँ ऋषिगंगा ५ रामजा कोटका ३९ वर्षे पुरुषले, पक्राउ पर्नेमा कीर्तिमानकै तह पुरा गरेका छन् । तनहुँ रामकोट ३९ वर्षे सन्तोष रानाभाट, ३८ औं पटक पक्राउ परेका हुन्। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले रानाभाटलाई पछिल्लो पटक चोरी कसुरमा मंगलबार पक्राउ गरिएको हो । यसपालि प्रहरीले ८ सय ८० ग्रामका सुनका गहना, चाँदीका ३ सय १७ वटा गहना, १९ वटा धातुका सिक्का, ५ वटा घडी, २ वटा मोबाइलसँगै खुकुरी र रड समेत बराबद गरेको छ । यही वैशाख १४ गते काठमाडौं टोखा जागरण टोलको घरमा चोरी भएको घटना अनुसन्धान गर्दै जाँदा, रानाभाटको संलग्नता खुलेको थियो ।
रानाभाटले गएको चैत ११ मा काठमाडौंको सचेतनामार्ग र वैशाख ८ गते कालोपुलका घरमा चोरी गरेको समेत खुलेको छ । चोरीकै घटनामा यसअघि ३७ पटक पक्रा परेका रानाभाटलाई प्रहरीले ‘पेसेवर चोर’ भनेको छ ।
३७ पटक पक्राउ परेका रानाभाटलाई १७ पटक काठमाडौं र ६ पटक ललितपुर प्रहरीले पक्राउ गरेको पनि खुलेको छ ।
रानाभाटमाथि प्रहरीले २२ पटक अभद्र कसुर, एकपटक लागुऔषध मुद्दा र एकपटक हातहतियार खरखजना मुद्दा दर्ता गरेको छ । पर्सा प्रहरीले २०६९ वैशाखमा लागुऔषध मुद्दा चलाएको थियो । उनी धेरैजसो पदैल हिँड्ने र घरमा मान्छे नभएको मौका देखेपछि, चोर्न पस्नेगरेको पनि खुलेको छ ।

