सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ बमोजिम विभिन्न पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन्।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले आज जारी गरेको सूचनाअनुसार उक्त अध्यादेशका आधारमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा सदस्य सचिव हितेन्द्रदेव शाक्य र सदस्यहरू रतनबहादुर ऐर, डा. बलबहादुर पराजुली, श्यामकिशोर यादव तथा रोहित पौडेल पदमुक्त भएका छन्।
त्यसैगरी, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल तथा सदस्यहरू डा. मधुसुधन अधिकारी, डा. झमकप्रसाद शर्मा, गौतम डङ्गोल र भागिरथी भट्टराई ज्ञवाली पनि पदमुक्त भएका छन् भन्ने मन्त्रालयले जनाएको छ।

