• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’

Nepalics
२०८३ जेष्ठ ७, बिहीबार १४:२३
Advertisement

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा सकेर नतिजा पर्खिरहेका विद्यार्थीलाई लक्षित गर्दै ७ दिने निःशुल्क कार्यक्रम सञ्चालन गर्ने भएको छ। जेठ ११ गते देखि सुरु हुने “करिअर पाथ वे” मा विशेष गरी सूचना प्रविधिको क्षेत्रमा भविष्य बनाउन चाहने विद्यार्थीले प्रोग्रामिङ, एआई, साइबर सेक्युरिटी, वेभ डेभलप्मेन्ट, मोबाइल डेभलप्मेन्ट जस्ता आधुनिक आइटी क्षेत्रबारे जान्न पाउने छन् । दैनिक ३ घण्टा नयाँ नयाँ विषयमा ज्ञान लिएका विद्यार्थीले एक साता लामो कोर्स सकेपछि सर्टिफिकेट पनि पाउनेछन् ।

विभिन्न शैक्षिक पृष्ठभूमिबाट आएका विद्यार्थीलाई आइटी उद्योगको वर्तमान अवस्था, भविष्यका अवसर तथा आवश्यक सीपबारे जानकारी दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष इन्जिनियर पङ्कज जालानले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमले विद्यार्थीलाई स्नातक तहमा भर्ना हुनुअघि नै आफ्नो करियरबारे स्पष्ट धारणा बनाउन मद्दत गर्नेछ।

“पहिले बुझौँ, त्यसपछि निर्णय गरौँ” भन्ने सोचका साथ ल्याइएको यो पहलले युवाहरूलाई प्रविधिमैत्री भविष्यतर्फ उन्मुख गराउने कार्यकारी निर्देशक इन्जिनियर प्रकाश कुमार केजरीवालले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी विद्यार्थीले व्यावहारिक ज्ञान, विशेषज्ञसँग अन्तरक्रिया तथा आइटी क्षेत्रका सम्भावनाबारे नजिकबाट बुझ्ने अवसर पाउने उहाँको भनाई छ ।

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले हाल बी.एस.सी इन कम्प्युटर साइन्स अन्तर्गत आर्टिफिसियल इन्टिलिजेन्स, साइबर सेक्युरिटी र डेटा एनालाइटिक्सका विशेष कक्षा सञ्चालन गर्दै आएको छ । त्यसै गरी बी.एस.सी इन इन्फरमेशन टेक्नोलोजी अन्तर्गत आई क्लाउड इन्जिनियरिङ र इन्टरनेट अफ थिङ्स जस्ता विषयमा पनि अध्यापन गराइँदै आएको छ । फाउण्डेशनले एम.एस.सी. इन इन्फरमेशन टेक्नोलोजी म्यानेजमेन्ट कार्यक्रम समेत सञ्चालन गरिरहेको छ ।

कार्यक्रमबारे थप जानकारीका लागि एलबीइएफ करियर पाथवेज् मा हेर्न सकिनेछ भने सहभागी हुन इच्छुक विद्यार्थीले कलेजको वेबसाइट मा गई रजिस्ट्रेशन फर्म भरेर कार्यक्रम मा सहभागी हुन सक्नेछन ।

Post Views: 107

  • career pathway
  • lbef
  • Lord Buddha Education Foundation
  • nepalics
प्रकाशित: २०८३ जेष्ठ ७, बिहीबार १४:२३
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग
एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य
भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग
ताजा अपडेट
  • १. बाढीपीडितको पीडामा मलम लगाउँदैं युवा अभियान्ता बानियाँ

  • २. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • ३. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ४. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ५. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ४. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.