• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण

Nepalics
२०८३ जेष्ठ ७, बिहीबार १६:०१
Advertisement

सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले वर्खाको समयमा सिँचाइको भरपर्दो व्यवस्था तथा मल, बीउको प्रबन्ध, करको दायरा वृद्धि, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलागयत विषयमा सरकारको ध्यानाकृष्ट गराए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपकराज बोहराले जल तथा मौसम विज्ञान विभागको सदरदभन्दा कम वर्षा हुने प्रक्षेपणबाट किसानहरु प्रभावित हुने अवस्था आउनसक्ने भन्दै उक्त चुनौती सम्बोधनका लागि योजना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । “खेतमा पानी कम हुनेछ, धान रोपाइँ ढिला हुनेछ, कुलो सुक्नेछ, तराईमा लु चल्नेछ, वनमा डढेलो लाग्नेछ, जनताको भान्छामा प्रत्यक्ष असर पर्नेछ”, उहाँले भन्नुभयो, “नेपालको कृषि आकाशे पानीको भरमा चलिरहेको छ, असार÷साउनमा पानी नपरे खेत बाँझै रहनेछ, यसको सिधा असर अर्थतन्त्रमा पर्नेछ, यसतर्फ सरकारको ध्यान जाओस् ।” नेपाली कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले करको दर बढाउने मात्रै नभई करको दायरा वृद्धि गरी अर्थतन्त्रलाई फराकिलो बनाउन सुझाव दिनुभयो । उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन, विकास निर्माणलाई दिगो बनाउन र पर्यटन प्रवर्द्धन गर्न माग गर्नुभयो । रास्वपा सांसद हरि ढकालले जेनजी आन्दोलनका घाइतेको उपचारका लागि कुनै कञ्जुस्याइँ नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सीमान्तकृत चेपाङ समुदाय, भूमिहीन किसान तथा सुकुमवासी, श्रमिक, मजदूरका समस्या समाधानमा गम्भीर बन्न सरकारको ध्यानाकृष्ट गर्दै उहाँले सरकारले जनप्रतिनिधिका अगाडि झुट बोल्न नहुने बताउनुभयो । सोही पार्टीका सांसद उत्तमप्रसाद पौडेलले डिजिटल माध्यमबाट कर भुक्तानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । रास्वपा सांसद पारसमणि गेलालले उदयपुर सिमेन्ट उद्योगका श्रमिक र कर्मचारीले १४ महिनादेखि पारिश्रमिक पाउन नसकेको जानकारी गराउँदै सोसम्बन्धी समस्या समाधान गर्न माग गर्नुभयो । रास्वपा सांसद आशिका तामाङले मानव–वन्यजन्तु द्वन्द्व कम गर्न तथा बाँदर आतङ्क न्यूनीकरण गर्न अदुवा, बेसारलगायत खेती गर्न किसानलाई प्रेरित गर्नुपर्ने बताउनुभयो । सोही पार्टीका सांसद प्रेमलाल चौधरीले नेपालको चिया भारत निर्यातमा देखिएका समस्या समाधानमा कूटनीतिक प्रयास गर्न सरकारलाई सुझाव दिनुभयो । रास्वपा सांसद रवीन्द्र पटेलले मधेस प्रदेशमा कमिसनको आधारमा विकास बजेट बिक्री हुने गरेको जिकिर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले तत्काल अनुसन्धान गर्नुपर्ने बताउनुभयो । रास्वपा सांसद पुनमकुमारी अग्रवालले रुपन्देहीको बेलहिया–सुनौली नाकामा निर्माणाधीन एकीकृत जाँच चौकीसम्म रेल्वे सुविधाको पहुँचका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उक्त पार्टीका सांसद अमरकान्त चौधरीले कृषिजन्य उत्पादनको बजारीकरण तथा मलबिउको अभावसँग किसान जुधिरहेको उल्लेख गर्दै किसानका समस्या समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो ।

Post Views: 86

प्रकाशित: २०८३ जेष्ठ ७, बिहीबार १६:०१
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग
एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य
भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग
ताजा अपडेट
  • १. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • २. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ३. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.