• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

दक्षिण एसियामा भुटान पछि सवैभन्दा धेरै वन क्षेत्र नेपालमा

Nepalics
२०८३ जेष्ठ १४, बिहीबार १२:२४
Advertisement

दक्षिण एसियाका आठ मुलुकमध्ये सबैभन्दा बढी वनक्षेत्र भुटानमा छभने दोस्रो स्थानमा नेपाल रहेको छ ।

बुधबार सार्वजनिक आर्थिक वर्ष २०८२÷०८३ को आर्थिक सर्वेक्षणआनुसार भुटानमा ६९ दशमलव ७१ प्रतिशत, नेपालमा ४६ दशमलव शून्य आठ, श्रीलङ्का ३४ दशमलव एक, चीन २२ दशमलव ९६, भारत २१ दशमलव ७१, बङ्गलादेशमा १२ दशमलव आठ, पाकिस्तान चार दशमलव आठ, माल्दिभ्समा दुई दशमलव सात र अफगानिस्तानमा एक दशमलव नौ प्रतिशत वनक्षेत्र छ ।

विश्वको कूल भूभागको ३२ प्रतिशत भूभाग वनले ढाकेको छ । सन् २०२४ मा नेपालको वन क्षेत्र कूल भू–भागको ४६ दशमलव शून्य आठ प्रतिशत थियो । यसमध्ये कूल भू–भागको ४३ दशमलव ३८ प्रतिशत वन र दुई दशमलव सात प्रतिशत झाडी तथा बुट्यान क्षेत्र रहेको छ ।

सन् १९९० को दशकमा नेपालमा ३९ दशमलव छ प्रतिशत वन क्षेत्र रहेकोमा सन् २०१५ मा ४४ दशमलव ७४ प्रतिशत र सन् २०१९ मा ४५ दशमलव ३१ प्रतिशत पुगेको थियो । देशको कूल भू–भागमध्ये ३४ हजार ४२० वर्ग किमी संरक्षित क्षेत्रका रूपमा छ ।

यो कूल भू–भागको २३ दशमलव चार प्रतिशत हो । साथै ११ वन संरक्षण क्षेत्रअन्तर्गत हालसम्म एक लाख ९४ हजार १५६ हेक्टर वन क्षेत्र व्यवस्थापन भएको छ । यसैगरी गत फागुनसम्म मध्यवर्ती तथा संरक्षित क्षेत्रमा ८९९ सामुदायिक वन समूह गठन भएका छन् भने यस्तो क्षेत्रले करिब दुई लाख २५ हजार आठ हेक्टर क्षेत्रफल ओगटेको छ ।

त्यसैगरी ४८ मध्यवर्ती कबुलियति वनमार्फत ५४८ हेक्टर वन क्षेत्र व्यवस्थापन भएको छ । गत फागुनसम्म २३ हजार १६२ सामुदायिक वन उपभोक्ता समूहमार्फत २५ लाख नौ हजार ८२५ हेक्टर वन क्षेत्रको व्यवस्थापन भएको छ ।

साथै ३३ साझेदारी वन उपभोक्ता समूहमार्फत ४४ हजार ३८४ हेक्टर वन क्षेत्रमा सघन व्यवस्थापन भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

Post Views: 103

प्रकाशित: २०८३ जेष्ठ १४, बिहीबार १२:२४
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग
एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य
भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग
ताजा अपडेट
  • १. बाढीपीडितको पीडामा मलम लगाउँदैं युवा अभियान्ता बानियाँ

  • २. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • ३. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ४. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ५. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ४. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.