• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

एन्जेलियाको मुस्कान

Nepalics
२०८३ बैशाख २३, बुधबार १०:०३
Advertisement

इलाम । ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फूलहरूले सजिन्छ गुफापाताल । सात रोपनीमा बनिएको दृश्यावलोकन स्थल (भ्यूटावर) सहितको उद्यान र फूलबारीमा पुग्नेबित्तिकै पर्यटक लोभिन्छन् । सूर्योदय नगरपालिका–४ मा पर्ने गुफापाताल इलामको नयाँ पर्यटकीय गन्तव्य हो । “सबै फूल एकैपटक फूल्दा त शृङ्गारिएकी बेहुलीजस्तै धपक्क बल्दोरहेछ । म त उत्तै बसिरहुँ लाग्यो”, पोखराबाट आउनुभएकी शारदा सुवेदीले भन्नुभयो, “पर्यटक लोभिदा रहेछन् । अलिकति बाटोचाहिँ बनाउनै बाँकी रहेछ ।” वसन्त ऋतुमा फुल्ने गुराँस प्रजातिको फूल हो एन्जेलिया । यो क्षेत्रमा करिब पाँच हजार एन्जेलियाका बोटहरू छन् । याममा नेपाल, भारत, बङ्गलादेश र भुटानका पर्यटकले गुफापाताल भरिभराउ हुन थालेको छ । “फोटो खिच्न, भिडियो बनाउनमात्र होइन यहाँबाट देखिने सूर्योदय, सूर्यास्त हेर्न, हिमशृङ्खला नियाल्न र इलाम, पाँचथर, तेह्रथुम, झापासहित भारत पश्चिम बङ्गालका सिक्किम, दार्जिलिङलगायतका पर्यटकीय ठाउँ अवलोकन गर्न पनि पर्यटक आइपुग्छन् ।” गुफापाताल पर्यटन समितिका सचिव विजय लावतीले भन्नुभयो । “नेपालका पर्यटक पनि भारत भएर धेरै आउँछन् । भारततिरका पर्यटकलाई यहाँ आउन सजिलो छ ।” तीन किलोमिटिर सडक कच्ची भएका कारण नेपालपट्टिको बाटो पर्यटकलाई असहज भएको हो । तर, ढुङ्गाको सोलिङ गरिएको छ । पहाडमा ड्राइभिङ नगरेका पर्यटकलाई मात्र असजिलो हो । मेची राजमार्ग छोडेर फिक्कल छिपिटारबाट श्रीअन्तु रोडतिर लाग्दा आधा घण्टामा छिरुवाचोक पुगिन्छ । त्यहाँबाट अन्तु रोड छोडेर सिधैँ उत्तर लाग्दा करिब छ किलोमिटरमा गुफापाताल छ । सीमाक्षेत्र पशुपतिनगरबाट भारत भएर मेची बजार हुँदै कालोपत्रमै गुफापाताल निस्किन सकिन्छ । “दुई हजार ६०० मिटर सडक कालोपत्र सकिएको छ । अब, तीन किलोमिटर सडक निर्माण सकिँदा गुफापातालसम्म कालोपत्र पुग्छ ।” वडाध्यक्ष सरन राईले भन्नुभयो, “यहाँ वनावटिपन केही छैन । सबै चिज प्राकृतिक हो । चिसो हावा, फूलहरूको सुगन्ध र सुन्दर दृश्यावलोकन गर्न सकिने भएकै कारण पर्यटक आकर्षित भइरहेका छन् । पूर्वाधार विकास पनि भइरहेको छ ।” यो सीमा क्षेत्र हो । यहाँ नजिकै मेची नदीको मुहान छ । भारत र नेपालको सीमामा रहेको मेची नदीको मुहानमा स्थानीयले पूजा गर्छन् । वर्षौँदेखि स्थानीयले सीमारक्षा गर्दै आएको वडाध्यक्ष राईले बताउनुभयो ।

Post Views: 90

प्रकाशित: २०८३ बैशाख २३, बुधबार १०:०३
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग
भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग
HONOR X7e मोवाईल नेपालमा सार्वजनिक
ताजा अपडेट
  • १. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • २. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ३. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ३. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ४. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.