• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

कृषिका ३५४ परियोजनामा अनुसन्धान भइरहेको छः कृषिमन्त्री अधिकारी

नेपाल विकास
२०८२ जेष्ठ ५, सोमबार १९:०३
Advertisement

काठमाडौँ । कृषिमन्त्री रामनाथ अधिकारीले नेपाल कृषि अनुसन्धान परिषद् नार्क अन्तर्गत यसवर्ष ३५४ वटा परियोजनामा अनुसन्धानका काम भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रेम सुवालले सोध्नुभएको लिखित प्रश्नको जवाफ दिँदै उनले बालीनालीतर्फ १०६, पशुपालनतर्फ ७७, बागवानीतर्फ ७०, बहु–क्षेत्रतर्फ ४१ र मत्स्यपालनतर्फ ३५ वटा परियोजनामा अनुसन्धान भइरहेको जानकारी गराएका हुन् ।

यी अनुसन्धान परियोजनाबाट वैज्ञानिकले बालीनालीको जात तथा पशुवस्तुको नश्ल विकास, कृषि प्रविधि विकास, स्रोतसामग्री उत्पादन, स्रोत संरक्षण, प्रविधि हस्तान्तरण तथा सेवा प्रदान र सामाजिक–आर्थिक विश्लेषण तथा कृषि नीतिसम्बन्धी सुझाव प्रदान गर्नेजस्ता काम गर्दछन् । चालु आर्थिक वर्षको अनुसन्धान बजेटको क्षेत्रगत प्राथमिकता बालीनाली ३०, पशुपालन २२, बहुक्षेत्र १७, बागवानी १५, मत्स्यपालन आठ र अन्यतर्फ सात प्रतिशत छ ।

चालु आर्थिक वर्षमा सञ्चालित अनुसन्धान परियोजना अन्तर्गत हालसम्ममा धानको एक, स्याउको तीन, जुनारको चार, ओखरको दुई, कागतीको एक, मेकाडेमीयानटको एक, सुन्तलाको दुई, आभोकाडोको तीन गरी जम्मा १७ जातको पञ्जीकरण प्रस्ताव पेस गरिएकोमा राष्ट्रिय बीउबिजन समितिले स्याउको तीन, सुन्तला जातको दुई र आभोकाडोको तीन गरी जम्मा आठ वटा नयाँ जातको पञ्जीकरण गरिसकेको छ । चालु आवको अन्त्यसम्ममा थप आठ जातको पञ्जीकरणका लागि प्रस्ताव पेस गर्ने लक्ष्य रहेको पनि मन्त्री अधिकारीले बताए ।

त्यसैगरी, चालु आवको अन्त्यसम्ममा अन्नबालीसम्बन्धी २२, बागवानीसम्बन्धी २३, पशुपालनसम्बन्धी १५, मत्स्यपालनसम्बन्धी १०, खाद्यसम्बन्धी दुई, कृषि यन्त्रीकरणसम्बन्धी तीन गरी जम्मा ७५ वटा कृषि प्रविधि सिफारिस गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । चालु आवको अन्त्यसम्ममा विभिन्न बालीनालीको ९०० टन स्रोत बीउ ९प्रजनन र मूल० उत्पादन गर्ने लक्ष्य रहेकोमा चैत मसान्तसम्ममा ३८० टन उत्पादन भइसकेको पनि उहाँले संसद्मा जानकारी गराए ।

नार्कलाई अनुसन्धानका लागि करिब ९७ प्रतिशत नेपाल सरकारबाट र बाँकी तीन प्रतिशत दातृनिकाय तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाबाट वार्षिक रुपमा प्राप्त हुने गरेको छ ।

नार्क अन्तर्गतका बागवानी सम्बन्धित अनुसन्धान केन्द्रले बिरुवा उत्पादन गरी सिधै किसानलाई उपलब्ध गराउने गरेको नभई सिफारिस गरिएका उन्नत जातका तरकारी तथा फलफूलका स्रोत बीउ तथा बेर्ना उत्पादन गरी नर्सरी तथा स्रोत केन्द्रहरुलाई उपलब्ध गराउने गरिएको मन्त्री अधिकारीले जानकारी दिए। ती नर्सरी तथा स्रोत केन्द्रले बीज वृद्धि गरी किसानलाई उपलब्ध गराउँछन् ।

चालु आवको अन्त्यसम्ममा तरकारी तथा फलफूलका पाँच लाख स्रोत बेर्ना÷बिरुवा नर्सरी तथा स्रोत केन्द्रलाई उपलब्ध गराउने लक्ष्य रहेकोमा चैत मसान्तसम्ममा १५ हजार ६९२ बेर्ना÷बिरुवा बिक्री÷वितरण गरिसकिएको पनि मन्त्री अधिकारीले बताए ।

फलफूलको आयातका सम्बन्धमा मन्त्रालयले वार्षिक र भन्सार विभागबाट नियमित रुपमा तथ्याङ्क राख्ने गरेको उनले संसद्मा जानकारी गराए । कृषि अनुसन्धान परिषद्मा रहेका केही वैज्ञानिक अध्ययनका लागि बाहिर गएका छन् । करिब १०÷१२ जना लामो समयदेखि नफर्किएको पनि मन्त्री अधिकारीले बताए ।

बैठकमा सांसद प्रेम सुवालले फलफूल के, के र कति कति उत्पादन भएको एवं कृषि वैज्ञानिकको सङ्ख्या कति छ ? भनी प्रश्न गरेका थिए ।

Post Views: 288

  • agriculture minister
  • nepalbikash
  • ramnath adhikari
प्रकाशित: २०८२ जेष्ठ ५, सोमबार १९:०३
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
सुनसरीमा सामाजिक सद्भाव कायम राख्ने निर्णय
सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण
ताजा अपडेट
  • १. ‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

  • २. सुनसरीमा सामाजिक सद्भाव कायम राख्ने निर्णय

  • ३. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ४. ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

  • ५. राजमार्गमा बाढी–पहिरोको मार

चर्चित
  • १. मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

  • २. आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

  • ३. ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

  • ४. सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

  • ५. राजमार्गमा बाढी–पहिरोको मार

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.